युवा नेता श्याम कुमार शाहु प्रतिबद्धता
अहिले नेपालगन्ज स्थानीय निर्वाचन युवा केन्द्रित बनेको छ । यश बारेमा जनताले पनि बुझ्न जरुरी भएको छ किन युवाहरु सक्रिय छ्न । म पनि एउटा युवा उम्मेदवार हो अरु जस्तो हैन हजुरहरुको सेवामा समर्पित जागरुक युवा हो । मेरो जीत भयो भने हजुरहरूको जीत हुनेछ ।
म नेताभन्दा जनताको सेवक हुँ भन्ने मलाई लाग्छ,’ युवा उम्मेदवार श्याम कुमार शाहुको भनाई अहिले चर्चा बनेको छ । ‘उनले भन्छन् व्यक्तिगत जीवन नै छैन, मलाई जनताले मत दिएर जिताएपछि मेरो जीवन व्यक्तिगत रहन्न म समाजसेवी कै जिवन बिताउने हो । जनताका सेवामा नै मेरो जीवन बित्ने हो । वडाको विकासका लागि, वडावासीप्रति आफूलाई समर्पित गर्ने छु । उपमहानगरपालिका वडा नम्बर ०८ का स्थानीय बासीहरुको सेवामा समर्पित हुने इच्छा छ । बिहान उठेदेखि साँझसम्म सिंगो वडाको काममा खटिन मन छ ।’
म नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ०८ वडा सदस्यको उम्मेदवार हुँ,मलाई तिर चिन्हमा मतदान गरि अत्याधिक बहुमतले बिजयी बनाउन हार्दिक अपिल गर्दछु । साथै अहिलेसम्म मैले गरेका जतिपनि काम छ सबैलाई सहयोग गर्ने कोसिस गरेको छु । अब म मात्र जनताको सेवक बन्ने सोच हो । जनताको सहयोग अपेक्षा छ सधै यसरी जनताको लागि मेरो जीवन समर्पित रहोस ।


