३१ असार २०८३, बुधबार
राप्ती सोनारी गाउँपालिकाको १७ औँ गाउँसभाद्धारा एक अर्व बढीको बजेट प्रस्तुत
बाँके, असार १० -बाँकेको राप्ती सोनारी गाउँपालिकाले १७ औँ गाउँसभाद्धारा एक अर्व बढीको बजेट प्रस्तुत गरिएको छ ।
मंगलबार अगैयामा भएको १७ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष मनीषाकुमारी थारुले एक अर्व २० करोड ६ लाख २९ हजार बराबरको बजेट प्रस्तुत गर्नुभयो । पारित बजेट गाउँसभाले पारित गरेको छ । यस्तै सभामा गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले आगामी बर्षको निति, कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । यस्तै बाँकेको नेपालगन्ज उपमहानगरपालिकाद्धारा २०८२÷०८३ का लागी १ अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ ६७ पैसाको बजेट सार्वजनिक गरेको छ ।
यस्तै बाँकेको जानकी गाउँपालिका र खजुरा गाउँपालिकाको पनि आज १७ औँ गाउँ सभा सम्पन्न भएको छ ।

Subscribe
Login
0 Comments


