८ आश्विन २०८३, बिहीबार

राष्ट्रघाती बीआरआई सम्झौताविरुद्ध प्रदर्शन , चिनियाँ रास्ट्रपतिको पुतला दहन

एसीपी संवाददाता

१७ बैशाख २०७९, शनिबार ००:२४ मा प्रकाशित

राष्ट्रिय एकता अभियान निकल बिद्यार्थी संगठनले पर्सामा राष्ट्रघाती बीआरआई सम्झौताविरुद्ध प्रदर्शन गरेको छ ।

अभियान निकट राष्ट्रिय विधार्थी परिषदले आज बीरगंज स्थित माइस्थान चौकमा राष्ट्रघाती राष्ट्रघाती बीआरआई सम्झौता खरेजीको माग गर्दै दर्शन गरेको हो ।

विधार्थी परिषदका केंद्रीय संयोजक विवेक कुशवाहा को नेतृत्वमा भएको बिरोध प्रदर्शनमा राष्ट्रघाती बीआरआई सम्झौता सार्वजनिक गर, चिनिया विस्तारवाद बन्द गर, पोखरा बिमानस्थलमा भएको भष्टाचार छानबिन गर, रेलको बहानामा सैन्य विस्तार बन्द गर, अघोषित नकाबन्दी खुल्ला गर, नेपाली विधार्थीहरुको पठन पाठन सुचारु गर र मीचिएको नेपाली भूमि फिर्ता गर जस्ता नारा लगाइएको थियो ।

विद्यार्थीहरुले चीनविरूद्ध नारा लगाउँदै चिनियाँ राष्ट्रपति सी चिङपिङको पुतला समेत दहन गरेका छन् ।

सन् २०१३ देखि नै चर्चा चल्दै आएको भए पनि नेपालले आधिकारिक रूपमा बीआरआईलाई अँगालेको चाहिँ सन् २०१७ को मे १२ मा मात्र हो।

हाल बीआरआई अन्तर्गत नेपालले रेल, सडक, ऊर्जा गरी आठ दशवटा परियोजनामा चिनियाँ लगानी भित्र्याउन खोजिरहेको भनिए पनि आधिकारिक रूपमा तिनको पहिचान भइसकेको छैन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x