२ आश्विन २०८३, शुक्रबार

रोजगार खोसिएको, सेवा सुविधा कटौति भएको विरोधमा प्रदर्शन

एसीपी संवाददाता

२६ भाद्र २०७७, शुक्रबार ०५:०८ मा प्रकाशित

फाइल / तस्बिर

बिभिन्न सात वटा ट्रेड युनियन महासंघहरूले बिभिन्न माग राख्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

लकडाउन र निषेधाज्ञाका क्रममा मजदुरहरुलाई खाने र बस्ने व्यवस्थान नभएको र कामका ग्यारेन्टी नभएको भन्दै उनीहरुले बिहीबार माइतिघरमा बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले मजदुरहरुलाई तत्काल नगद राहत दिनुपर्ने माग पनि गरेका छन् ।

त्यस्तै मजदुरहरुको रोजगार खोसिएको, सेवा सुविधा कटौति भएको विरोधमा प्रदर्शन गरिएको प्रगतिशिल नेपाल स्वतन्त्र टे«ेड युनियन महासंघका अध्यक्ष केदार गिरीले बताउनुभयो । मजदुरको घरभाड मिनाह गर्नुपर्ने, अन्तर्राष्ट्रिय उडान बढाउनुपर्ने, वैदेशिक रोजगारीमा रहेकालाई निशुल्क उद्धार गर्नुपर्ने माग राखिएको उहाले बताउनुभयो । अहिले आफुहरुले शान्तिपूर्ण विरोधका कार्यक्रम गरेको र माग पुरा नभए आन्दोलन चर्काउने चेतावनी उनीहरुले गरेका छन् । विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ लगाएतका ट्रेड युनियनको सहभागीता थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x