१९ कार्तिक २०८३, बुधबार

लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठनको तयारी

एसीपी संवाददाता

८ श्रावण २०७९, आईतवार ०६:४० मा प्रकाशित

लुम्बिनी –  लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठनको तयारी हुदै छ ।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने तयारी गरेको श्रोतले बताएको छ ।

कांग्रेस र माओवादीबीच सुरूमा आलोपालो सरकार चलाउने भद्र सहमति भएपनि मुख्यमन्त्री फेरिँदा अन्य प्रदेशमा पनि समस्या आउने भएको भन्दै मुख्यमन्त्री यथावत् राखेर मन्त्रीहरू परिवर्तन गर्न दुवै पार्टी सहमत भएका हुन् ।

कांग्रेसले हालका मन्त्रीहरू हटाएर नयाँ अनुहार ल्याउने विषयमा छलफल हुँदै आईरहेको छ ।

कांग्रेसले यहि हप्ताभित्र नयाँ मन्त्रिमण्डल गठन गर्ने पार्टी नेतृत्वले आन्तरिक तयारी गरेको बताईएको छ ।

माओवादीभित्र पनि मुख्यमन्त्री बाहेक अन्य मन्त्रीहरू परिवर्तन गर्नेबारे छलफल भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x