२८ आश्विन २०८३, बुधबार

विकासको नाममा जारी प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन

एसीपी संवाददाता

१७ फाल्गुन २०७७, सोमबार १०:३७ मा प्रकाशित

काठमाडौंको बालाजु बाइपास क्षेत्रमा लगाएत उपत्यकाका बिभिन्न स्थानको सडक विस्तारबाट पीडित बनेका स्थानीयहरुले माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।  बालाजु क्षेत्रमा गैरन्यायिक तवरले सडक विस्तार भएको उनीहरुको भनाइ छ ।  सडक विस्तारका कारण ४२ घरपरिवार विस्थापित भएको भन्दै पीडितहरु आन्दोलित भएका हुन् । यसअघि आन्दोलनकै क्रममा केही अभियन्ताहरु पक्राउ परेकाले उनीहरुको बिनाशर्त रिहाइको पनि माग गरेका छन् ।  प्रदर्शनमा सहभागीले डोजर आतंक बन्द गर, सम्पूर्ण मातृभाषालाई सम्मान गरौँ, प्रहरी दमन बन्द गर लगाएतका नारा लगाएका थिए । गैर न्यायिक सडक विस्तार पीडित संघर्ष समितिका उपाध्यक्ष महेश कारञ्जितले राज्यले मातृभाषामाा बोल्दा पक्राउ गरिएको भन्दै मातृभाषालाई अपमान गरेको बताउनुभयो । उहाले आफुहरुले न्याय नपाएसम्म संघर्ष जारी राख्ने बताउनुभयो ।

विकासको नाममा नागरिकलाई सडक छाप बनाउने काम रोक्न माग गर्दै केही दिनदेखि आन्दोलन भइरहेको छ। सडक विस्तारको क्रममा उठिबास लगाइएकालाई सोही स्थानमा पुनःस्थापित गर्न उनीहरुको माग छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x