१० आश्विन २०८३, शनिबार

विद्यार्थीको घर जाँदा………

एसीपी संवाददाता

२५ चैत्र २०७८, शुक्रबार ०२:५० मा प्रकाशित

राजेन्द्र प्रसाद जोशी – विद्यार्थी: सर म हाल्फटाइममा घर जान्छु है? घरमा कोही हुनुहुन्न!
सर: हाफ टाइममा घर जान पाउँदैन, किन जानुपर्यो घर? कहिलेकाहीं मात्रै त आउछौ! अनि अस्ति बल्ल बल्ल आएको दिन पनि त्यस्तै भनेर घर गयौ,घरमा कोही छैन भन्दै सधैं हाफ टाइममा घर जाने त अब,पढाई कति बिग्री सक्यो तिम्रो थाहा छ?(यति कुरा मात्रै के भनेको थिएँ नानीको आँखाभरि आँसु भरियो)
हैन किन रोएको नानी मैले त्यस्तो नराम्रो केही भनेको जस्तो त लाग्दैन?
(आँखा भरी आँसु झार्दै कक्षा तिर फर्किन)! अलि कडा स्वभाव भए जस्तै गरेको मात्रै ,मन त कमलो छ नै पठाइदिए हाफ टाइममा घर;
थोरै बोल्ने मान्छेले कहिलेकाहीं अलि ठूलो आवाजमा गाली गरेजस्तो गरेपनि मन दुख्दो हो। एकछिन पछि आफैलाई सोधे के अब मैले विद्यार्थीकै राम्रो होस भनेर गरेको गाली पनि आत्मगलानिको दृष्टिले आफैलाई प्रश्न गरिराख्नु जरुरी छ र?किन यति सेन्टेसिस भए म? अर्को मनले सोचे,सोध्ने गर्थे आफैलाई होइन त्यो नानीको रुवाईमा केही गहिरो मर्म लुकेको छ। मैले त्यति भन्दैमा रोइहाल्ने विद्यार्थी होइनन् तिनी। आखिर आफ्नो मन सम्हाल्न नसकेर स्कूल सकेर उसैको घर तिर हिँडे। करिब पौने घण्टाको दूरीमा रहेको उनको घर निकै एकान्त ठाउँमा थियो। न त कोही छिमेक,नत कोही आफन्त, नत कोही आफ्नो मान्छे,घरमा मात्रै उसको दिदी र उ बस्थे।
दिदी उही स्कुलमा कक्षा ८ मा पढथिन त्यती धेरै बोल्दिनन्।घरमा पुगिसकेपछि दुवै नानीलाई सँगै बसाले र एकछिन पढाइको बारेमा गफ गरे ; कुरा गर्दै जाने क्रममा दिउँसोको प्रश्न जोड़ें नानी अनि तिमीले किन त्यस्तरी चित्त दुखायौ त नी आज?
विद्यार्थी; सर मलाई मेरो बाबाको सारै याद आयो त्यो बेला त्यही भएर बच्चा देखिनै कहिले नछुटेर बसेको बाबाको धेरै माया लाग्यो,उहाँ नबितेको भए सधैं स्कूल आउने र पुरै कक्षा बसेर पढ्न पाउँथे;, (नानीको आँखाबाट आँसु खस्न थाले,नानीलाई सम्झाए)
वास्तममै कहाली लाग्दो जीवन जिउँदै गरेकी यी दुई बहिनीहरुको जीवन अरु विद्यार्थीका(मैले पढाएका) भन्दा अति दुःखद र एक्लो छ। चिसो कोठामा एकसरो डसनामा ओक्छ्यान लगाएर बस्न पनि खुबै धौ धौ परेको थियो सुत्नु त परकै कुरा हो।
सम्पतिको नाममा ४ वटा खसी, २ वटा गोरु पालेको उनीहरूको दिनचर्या सधैं घास दाउरा र तिनै घरपालुवा लाई गोठालो लगाउन आउन मै बित्छ। दिदी घर पर्खिन बसेको बेला मात्रै बहिनी स्कूल पढ्न जान पाउने त कहिले दिदीको पालो पैँचो बहिनीले गर्ने,
बुवाले कान्छी आमा लिएपछि छुटिएर बसेका उनको आमा घर भन्दा अर्को बजारमा बस्ने रहेछन्। कान्छी आमाले पनि छोडेर गएको ५ वर्ष पूरा हुन लागेको रहेछ । अहिलेलाई आफ्नै आमाले खानाको लागि भनेर हप्ताको एकचोटी भर मजदुर रासको व्यवस्था गर्ने रहेछन्। धेरै जसो त दिदी पनि आमा भएको ठाउँ जाने रहेछन्। र कान्छी बहिनी एक्लै घर बासी दिन बिताउने रहेछिन्।
ठूलो भएपछि के बन्न मन छ भन्दा:; दुवैको एउटै स्वरमा आउने जवाफ भनेको नर्स हो। त्यसको लागि पढाइ पनि त चाहियो भनी प्रतिप्रश्न गर्दा दुवै मुस्कुराउँछन् र पढ्छौ सर भनी जवाफ दिन्छन्।
यिनका उत्साह र उमङ्ग देख्दा मन एक्छिन फुलेर त आउँछ तर,दुःख त तब लाग्छ जब यी दुवैले देखेको त्यो भविष्यमा नर्स,इन्जिनियर,डाक्टर वा यिनै कुनै पुरस्कृत पेसाहरु पल्टाउने नसक्ने नर्सको यथार्त ले चुलेसी सरह मन छिया छिया बन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x