विद्यार्थीको सिप बिकाश गर्न , शब्द भण्डारको बृधि गर्ने उद्देश्यले सिकाई सामग्री हस्तान्तरण
बर्दिया असार १३ गते – प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लब द्वारा बर्दिया जिल्लाको मधुबन र राजापुर नगरपालिकामा संचालित सुरक्षा परियोजना अन्तर्गत बाल बिकाश र प्रारम्भिक तहमा अध्यनरत बिधार्थीको सिकाई क्रियाकलाप लाइ बाल केन्द्रित तथा रमाइलो बाताबरण तयार गर्न का साथै पढाई प्रति रुची जगाउन,पढाई सिपको बिकाश गर्न र सब्द भण्डारको बृधि गर्ने उदेस्यले सिकाई सामग्री हस्तान्तरण गरिएको छ । 
सहयोग गरियक सामग्रीहरुमा बालबिकाश कक्षा का लागि सैक्षिक सामग्री सेट बाकस सहित ,१ थान काठको र्याक ,कक्षा १,२,र ३ लाइ ५०/५० थान कथाका किताब रहेका छन् 
हस्तातरण गरियक सामाग्रीहरुको महत्व ,प्रयोग गर्ने तरिका बारे प्लान इन्टरनेसनल नेपालकी शिक्षा सल्लाहकार शान्ति थापाले जानकारी गराउनु भयको थियो भने बिद्यालय लाइ सामग्री हस्तान्तरण बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर बिकले गर्नु भयको थियो । 
कार्यक्रममा फिल्ड सुपरभाइजर,सावित्रा भाट र प्रमिशाथारु को सहभागिता रहेको थियो ।
सहयोग पश्चात बिद्यालय का प्र अ र सिक्षकहरुले सिकाई प्रक्रियामा सामग्री हरुको बढी भन्दा बढी प्रयोग गर्ने साथै स्थानीय सैक्षिक सामाग्रीहरुको निर्माण गर्ने प्रतिबद्तासमेत ब्यक्त गरेका थिए ।


