विभिन्न पार्टी परित्याग गरि राष्ट्रिय स्वराज पार्टी प्रवेश
नेपालगन्ज – बाकेमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने हरुको संख्या बढदै गएको छ । अहिले बाकेमा पार्टीले आफ्नो संगठन बिस्तार तिब्र पारेको छ । डा.दुखि राम गोडिया, अधिवक्ता गोविन्द राम शर्मा, पूर्व माओवादी केन्द्रीय सदस्य क्रान्तिकारी नेता शालिकराम पाठक, पूर्व गाविस सचिव चन्द्र कुमार गोडिया, जनमत पार्टीका युवा नेता माधवराम बर्मा, जनमत महिला संघकी जिल्ला सचिव मिरा मौर्या, सहसचिव पुष्पा हरिजन लगायत एमाले, काँग्रेस , राप्रपा , जनमत , जसपा, लोसपा लगायतका पार्टी परित्याग गरि करिब ४०० जनाले राष्ट्रिय स्वराज पार्टी प्रवेश गरेको जानकारी राष्ट्रिय स्वराज पार्टीका नेता तथा जिल्ला उपसभापति राम निवास शाहूले दिएका छन। आजको कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय संयोजक इरफान अहमद शेष रहेका थिए भने केन्द्रीय नेताहरूको व्यापक उपस्थिति रहेको थियो, सहसंयोजक चन्द्र शेखर सुनार, केन्द्रीय महिला नेतृ जोया शेष, केन्द्रीय सदस्य रीता खटिक, पार्टी संरक्षक रियाज अहमद , सहसंरक्षक जाबिर हल्वाई, केन्द्रीय सचिव राजा सिंह सरदार तथा कार्यक्रम सभापतिमा जिल्ला सभापति अब्दुल कादिर साई रहेका थिए। आजको कार्यक्रमको स्वागत मन्तब्य केन्द्रीय नेतृ जोया शेषले गरेका थिइन उहाले सम्बोधनको क्रममा मधेस र मधेसी जनतालाई जनमत पार्टीले ठगि गरेकोले हामी जनमत पार्टी छोड्न बाध्य भएको बताएकि छिन, त्यस्तै नेता जाबिर हल्बाइले पनि जनमत पार्टी र त्यसका मुखिया जनतासहित हामीलाई पनि ठगि गरेकोले आउने दिन कालोमोसो दल्न पनि पछि हट्नेछैनौ भन्ने कुरा भनेका छन,केन्द्रीय सहसंयोजक चन्द्र शेखर सुनारले आफ्नो मन्तब्यको क्रममा भनेका छन हामी मधेसी जनताको लागि बलिदान दिन पछि हट्दैनौ तर मधेसीका गद्दारहरूलाइ अब छोडिदैनौ हामी इमानदारीपुुर्वक जनताको बीच बसि संघर्ष गर्छौ तर संघर्षलाई बेच्ने क्रम नरोकिएकोले हामीले राष्ट्रिय स्वराज पार्टीको स्थापना गर्न बाध्य बनाएका हुन, हामी जनताको लागि जीवनभर लड्न तयार रहेको पनि भनेका छन, प्रमुख अतिथि केन्द्रीय संयोजक इरफान अहमद शेषलाई नाराबाजीका साथ कार्यकर्ताहरूले स्वागत गरेका थिए उहाँले बोल्नेक्रममा भनेका छन यदि सरकारले मधेसी जनतालाई अझै पनि न्याय गरेन भने हामी अन्दोलनका लागि पनि पछि हट्दैनौं हामीले निरन्तर १२ वर्षदेखि मधेसीको लागि संघर्ष गरे जेलनेल गएपनि अहिले सम्मको संघर्षलाई डा.सिके राउतले बेचेको आरोप लगाएका छन उहाले भनेका छन ७ वर्षसम्मको अन्दोलनलाई डाक्टर सिके राउतले आफ्नो निजि सम्पत्ति जस्तै गरि केपीको हाथवाट बेचेका हुन, मधेसी जनताको बालबालिकाको अहिले पनि गुणस्तरीय शिक्षा, स्वास्थ बाट बन्चित गरिएको पनि भनेका छन, हाम्रो लडाइ आउनेदिनमा शिक्षा, स्वास्थ , रोजगार , मधेस एकीकरण , पूर्ण समानुपातिक निर्वाचन प्रणाली तथा जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको लागि हुने जनाएका छन। राष्ट्रिय स्वराज पार्टी बाँकेको संगठन पूर्ण भइसकेको जनाएका छन, आजकै मितिवाट बाकेको संगठन बाँकेवासीलाइ सुम्पिएको जनाएका छन, म आफ्नो पूरै जीवन जनताको लडाइ लडनाको लागि तयार रहेको भनेका छन।



