२५ श्रावण २०८३, सोमबार

विश्वको शीर्ष निवृत्तिभरण कोषले चीनको ऋणको सामना गर्दै

एसीपी संवाददाता

२४ चैत्र २०७७, मंगलवार ०६:२३ मा प्रकाशित

बेइजिङ । विश्वको शीर्ष निवृत्तिभरण कोषले चीनको ऋणमा सामना गरिरहेको छ । जापानी सेवानिवृत्ति लगानीकर्ताले जोखिमपूर्ण स्थिति सिर्जना भएको बताएपछि चिनियाँ ऋणको सामना गर्नुपरेको हो ।

चिनियाँ सरकारको ऋणमा जापानी पेन्सनको पैसा लगानी गर्नु राजनीतिक तवरले असम्बन्धित निर्णय हुन सक्ने भन्दै आलोचनासमेत भएको छ । जापानले गर्भमेन्ट पेन्सन इन्भेस्टमेन्ट फन्डले १.६३ ट्रिलियन अमेरिकी डलर लगानी गर्ने बताएका छन् ।

यदि जापानले अन्य प्रमुख प्रजातन्त्रहरूमा चीनमा प्रतिबन्ध लगाउने दबाबमा दियो भने ती सम्बन्धहरू अझ प्रगाढ हुनसक्नेसमेत बताइएको छ ।

संसारको सबभन्दा ठूलो पेन्सन कोषले राजनीतिक संवेदनशीलता र हार्ड रिटर्नको बीच छनोट गर्नुपर्ने भएको हो । एफटीएसई रसलले अक्टोबरदेखि चिनियाँ ऋणलाई आफ्नो बेंचमार्क ग्लोबल बन्ड इंडेक्समा जोड्ने योजना अगाडि बढाउने भएको छ भने जापानको सरकारी पेंशन लगानी कोष (जीपीआईएफ) ले अब आफ्नो पैसालाई चीनको सार्वभौम ऋणमा राख्ने कि नराख्‍ने भन्‍ने निर्णय गर्नेछ ।

चिनियाँ सरकारको ऋणमा जापानी पेन्सनको पैसा लगानी गर्नु दुई देशबीचको ऐतिहासिक तनावपूर्ण सम्बन्धलाई ध्यानमा राख्‍नुपर्ने अन्तर्राष्ट्रिय समुदायले जनाएको छ । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x