व्यवस्थापन समिति अध्यक्षमा कांग्रेसका युवा नेता अनिल विष्ट सर्वसम्मत
सेटीगाउँ बहुमुखी क्याम्पस डीलासैनी ६ को विद्यालय व्यवस्थापन समिति अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता अनिल कुमार विष्ट सर्वसम्मत चयन भएका छन् ।
बुधबार बसेको साधारण सभाको बैठकबाट विष्ट सर्वसम्मत चयन भएका हुन।
मलाई साथिभाई पार्टी पंक्ति एवं आम जनता र विद्यार्थीको साथ सर्मथनछ, ‘उनले भने । ‘सबैलाई एक ढिक्का बनाएर अघि बढ्छु, ‘म विद्यालय भित्र देखिएको राजनीति र भष्ट्राचार को बिरोधी हुँ, बिरोध पनि गर्छु । आफ्नो अध्यक्षताले विद्यालयलाई चलायमान गर्नका लागी भएको उनले बताए ।
डेढ दशक देखि नेपाल विद्यार्थी संघको राजनीतिमा होमिएका युवा नेता विष्ट पहिलो पटक क्षेत्रीय कार्यसमिति सदस्यमा मनोनित भई पार्टीको राजनितिमा होमिएका थिए। २०६३ साल देखि नेविसंघ राजनीतिमा होमिएका विष्ट दार्चुला, बैतडी, कञ्चनपुर सम्म सहयोगी रूपमा देखिदै आएका थिए ।
२०६३ सालमा गोकुलेश्वर माध्यमिक विद्यालयबाट सक्रिय रूपमा राजनीतिक यात्रा तय गरेका विष्टले दार्चुलाबाट नेविसंघ जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, नेपाल सांस्कृतिक संघ केन्द्रीय प्रतिनिधि समेत भएका थिए ।
क्याम्पसलाई आगाडि बढाउन सधैं तत्पर रहने प्रतिबद्धता समेत अध्यक्ष विष्टले गर्नुभएको छ।


