२ आश्विन २०८३, शुक्रबार

शहिदहरुको सम्झानामा मनाइयो बलिदानी दिवस

एसीपी संवाददाता

५ माघ २०७८, बुधबार १५:५४ मा प्रकाशित

 

कपिलवस्तु, माघ ५

वि.स. . २०६३ साल माघ ५ गते सिरहाको लहानमा शहादत प्राप्त गरेका शहिद रमेश कुमार महतो सहित कैयौं वीर सहिदहरुको सम्झनामा आज कपिलवस्तुमा बलिदानी दिवास मनाइएको छ ।

कपिलवस्तुको तौलिहवा, चन्द्रौटा, पकडी, कृष्णनगर लगायतका स्थानमा विभिन्न कार्यक्रम गरि सहिद बलिदाबी दिवस मनाइएको जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश सदस्य रहिश शाहले जानकारी दिनुभयो । तौलिहवामा जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजना, चन्द्रौटामा रहिश शाहको आयोजना, कृष्णनगरमा अकरम पठानको आयोजना सहित जिल्लाका विभिन्न स्थानमा सहिदहरुको सम्झनामा बलिदानी दिवस मनाइएको जिल्ला अध्यक्ष शैलेन्द्र यादवले बताउनुभयो ।सदरमुकाम तौलिहवा सहित कृष्णनगर, चन्द्रौटा, लगाएतको स्थानमा सहिदको तस्बिरमा माल्याअर्पण र दिप प्रजव्वलन गरि बलिदानी दिवास मनाएको जसपाले जनाएको छ । कार्यक्रममा जसपा नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x