२ आश्विन २०८३, शुक्रबार

शाह अभिनित गायक राजन तामाङको ‘पवित्र माया’

एसीपी संवाददाता

२८ फाल्गुन २०७८, शनिबार ०६:०५ मा प्रकाशित

काठमाडौँ । अभिनेत एवम मोडल पल शाह अभिनित गायक राजन तामाङको ‘पवित्र
माया’ बोलको गीत बजारमा आएको छ । गायक तामाङको सुमधुर आवाज रहेको उक्त
गीतलाई पारीजात नेपालको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो ।

आर बि लामाले संगीत र रचना गरेको उक्त गीतलाई गायक एवम संगीतकार कर्साङ
लामाले संगीत संयोजन र ध्वनी सम्पादन गरेका हुन । भिडियोमा अभिनेता पल
शाह र मोडल गरिमा शर्माको अभिनय समेटिएको छ । राम कुमार केसीले छायांकन र
राजिव समरले कोरियोग्राफी गरेको उक्त गीतको म्युजिक भिडियोलाई टेकेन्द्र
शाहले सम्पादन, कलर र निर्देशन गरेका हुन ।

अभिनेता पल शाह भने अहिले प्रहरी हिरासतमा छन । एक नाबालिक गायिकाले करणी
गरेको आरोप लागेपछी उनी आँफैँ तनहुँँ प्रहरी कार्यालयमा पुगेका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x