४ आश्विन २०८३, आईतवार

संघीय सांसद मोहम्मद इस्तियाक राइको परिवारका १४ जनामा कोभिड संक्रमण पुष्टि

एसीपी संवाददाता

२८ बैशाख २०७८, मंगलवार १०:२२ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता तथा संघीय सांसद मोहम्मद इस्तियाक राइनको परिवारका १४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

कोभिडको ‘हटस्पट’ बनेको नेपालगञ्जमा रहेका उनका बुबा, श्रीमती, छोरी, छोराहरु, भाइ, भतिज, भतिजी, बुहारीलगायतलाई संक्रमण भएको राइनले जानकारी दिए ।

उनको संयुक्त परिवारमा रहेका १७ जनाको परीक्षण गर्दा तीन जनाको रिपोर्ट मात्र नेगेटिभ आएको छ । संक्रमण देखिएका सबैजनाको अवस्था सामान्य रहेको र डाक्टरको सल्लाहबमोजिम घरमै आइसोलेसनमा बसेको पनि उनले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x