२० कार्तिक २०८३, बिहीबार

संसद बैठकमा आज एमसीसी बारेमा छलफल

एसीपी संवाददाता

१५ फाल्गुन २०७८, आईतवार ०२:२६ मा प्रकाशित

आज दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ। शनिबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ ।

यसअघि दुईपटक सूचना टाँस गरेर स्थगित गरिएको बैठक बस्न लागेको हो। गत आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो। यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्।

ठक आज बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x