४ आश्विन २०८३, आईतवार

संसारका चर्चित संगीतकर्मीमध्ये रबेन

एसीपी संवाददाता

२३ जेष्ठ २०७८, आईतवार ०२:१९ मा प्रकाशित

न्युयोर्क : हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पात्र हुन्। उनी विभिन्न कारणले चर्चामा आइरहन्छिन्। पछिल्लो समय भने रिहाना फोटो सुटका कारण चर्चामा आएकी छन्।

‘भोग इटालिया’ म्यागजिनका लागि रिहानाले गरेको फोटो सुटले निकै चर्चा कमाइरहेको छ। उनले यसअघि पनि थुप्रै म्यागजिनका लागि कभर फोटो खिचाइसकेकी छन्। तर, यस पटक चर्चामा आउनुको मुख्य कारण कभर फोटोका लागि सबै काम रिहाना आफैंले गरेकी थिइन्। भोग इटालियाको जुन अंकको कभरको थिम ‘डु इट योयरसेल्फ’ छ। त्यही थिमका कारण पनि रिहाना आफैंले कभर फोटोको काम गरेको पत्रिकाका डाइरेक्टर इमानुयल फर्नेटीले बताए। उनले पहिलो पटक एक स्टार कलाकारले फोटो सुटको सबै व्यवस्थापन आफैंले गरेको बताए। उनले कभर फोटोको ‘पोज’देखि आवश्यक ड्रेसको व्यवस्था पनि रिहाना आफैंले गरेको बताए। ‘उनी हाम्रो म्यागजिनको कभरमा धेरै पटक छाइसकेकी छिन्। तर, यो रूपमा पहिलो पटक प्रस्तुत भएकी हुन्’, उनले भने, ‘रिहानाले पहिलो पटक सबै काम आफैंले गरिन्।’

फोटो सुटमा उनी अलगअलग रूपमा देखा परेकी छन्। उनले आफ्नो बोल्ड लुक्सका लागि रातो र कालो कपडा रोजेकी छन्। हरियो कपाल बनाएकी रिहानाले ज्याकेट, स्विटर र स्कार्फ लगाएर पनि फोटो सुट गरेकी छन्। सामाजिक सञ्जालमा पनि सक्रिय हुने रिहानाले ती फोटो स्टाग्राममा पनि सेयर गरेकी छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x