१२ आश्विन २०८३, सोमबार

सङ्हाईमा कोरोनाले मच्च्यो आतंक

एसीपी संवाददाता

६ बैशाख २०७९, मंगलवार ०२:५८ मा प्रकाशित

सांघाईमा ३ जनाको मृत्यु

सांघाई — चीनका विभिन्न स्थानमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । सांघाई सहरमा गत मार्चमा लकडाउन गरिएयता पहिलो पटक कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ ।

सांघाई स्वास्थ्य आयोगले मृत्यु भएका व्यक्तिहरू ८९ देखि ९१ वर्षका रहेको जनाएको छ । जटिल स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएका तीनै जनाले कोरोनाविरुद्धको खोप भने लगाएका थिएनन् । सांघाईका ६० वर्षभन्दा बढी उमेरका ३० प्रतिशतले खोपको पूर्ण मात्रा लिएका छन् । सांघाईमा यसअघि कोरोनाका कारण कसैको मृत्यु नभएको चीनले दाबी गरेको थियो । अधिकारीका अनुसार सांघाईमा सन् २०२० को मार्चयता सोमबार पहिलो पटक कोरोनाका कारण मृत्यु भएको हो । तर कतिपयले त्यसमाथि प्रश्न उठाउने गरेका छन् । मार्च अन्त्यमा ९ दिनका लागि भनेर लगाइएको लकडाउन हाल चौंथो सातामा प्रवेश गरेको छ । सहरका सबै नागरिकको सामूहिक परीक्षण गर्न लागिएको जनाइएको छ ।

सहरमा जारी निषेधाज्ञाका कारण लाखौं मानिसहरू घरभित्र बस्न बाध्य छन् । सांघाईको जनसंख्या हाल २ करोड ६० लाख हाराहारी छ ।

पछिल्लो समय निषेधाज्ञा कडा पारिएपछि भने सर्वसाधारणहरू आक्रोशित भएका बीबीसीले उल्लेख गरेको छ । प्रतिबन्धका कारण खाद्यान्न आपूर्तिमा समस्या देखिएको भन्दै मानिसहरूले सामाजिक सञ्जालमा गुनासो व्यक्त गरिरहेका बीबीसीले उल्लेख गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x