३ आश्विन २०८३, शनिबार

सड़क,शिक्षा ,स्वास्थ्य क्षेत्र लाई विकसित बनाउदै जाने:- नगर प्रमुख शाह

एसीपी संवाददाता

५ माघ २०७८, बुधबार १६:४३ मा प्रकाशित

कृष्णनगर, कपिलवस्तु माघ ५

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह ले नगरपालिका भित्र संचालित तथा कार्यसमपन्न भैसकेका योजनाको अनुगमन गर्नुभयोl

कृष्णनगर नगरपालिका वडा नं १२ मा रहेको बरईपुर र भगवानपुर जोड्ने चरङहवा खोलामा निर्माणाधीन पुल, कृष्णनगर नगरपालिका वडा नं १२ बेदमउ मा निर्माणाधीन अस्पताल तथा सोही वडा को हृदयनगर मा रहेको श्री राष्ट्रीय आधारभूत विद्यालय को निर्माणाधीन भवन लगायत सोही गाँउमा कार्यसमपन्न भैसकेको डिप बोरिंगको अनुगमन गर्नुभयोl

उक्त योजनाहरू नगरपालिकाको पहल तथा केहि योजना मा नगरपालिकाको लगानी रहेको तथा प्रदेश स्तरीय योजना र जिल्ला समान्वय समितिको लगानी का योजना हरू रहेको नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिएका छन् l

कृष्णनगर नगरपालिकाको भदुई, मानपुर, जोशिडिहवा, बरईपुर, भगवानपुर, हृदयनगर, हरिगवा, शिवभारी लगायतका गाँउ पछडिएका ले बाटोघाटो, शिक्षा , स्वास्थ्य लगायत अन्य क्षेत्रमा आफूले सुविधा सम्पन्न बनाउदै जाने बताउदै नगरभित्र आफूले पहल गरेर आउने समयमा विभिन्न योजनाहरू प्रदेश र संघिय सरकार बाट ल्याउने तथा नगर को बजेटबाट हुन सक्ने विकास गर्न आफू सधै लागिरहने बताउनुभयोl

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x