२९ आश्विन २०८३, बिहीबार

सनातन धर्मका लागि केपि ओलिको इतिहासिक कदम

एसीपी संवाददाता

१२ फाल्गुन २०७७, बुधबार १०:३२ मा प्रकाशित

पशुपतिनाथको मूल शिवलिंगको जलहरी फेरिएको छ ।

रणबहादुर शाहले चढाएको चाँदीको जलहरी विभिन्न ठाउँमा फुटेपछि हाल सुनको जलहरीबाट त्यसको प्रतिस्थापना गरिएको हो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको शिवलिंगलाई सुनको जलहरीले ढाकिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपतिनाथमा सुनको नयाँ जलहरी राख्ने क्रममा भएको क्षमा पूजाको  राष्ट्रपति भण्डारीबाट औपचारिक रुपमा समापन पनि गरिएको छ । कोषका सदस्य सचिव डा. प्रदीप ढकालले क्षमा पूजाको समापन तथा विशेष पूजा गरिएको जानकारी दिनुभयो । नयाँ जलहरी राख्ने क्रममा शिवलिङ्गलाई कुनै क्षति नभएको उहाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चाँदीको जलारीमाथि सुनको नयाँ जलहरी राखिएको हो । १०८ किलोको जलहरी निर्माणका लागि कोषले राष्ट्र बैंकबाट १०४ किलो सुन किनेको हो । बाँकी चार किलो चाँदी तथा तामा मिसाइएको छ । जलहरीका लागि आवश्यक सुन खरिद गर्न प्रधानमन्त्री ओलीले गएको माघ १२ गते पशुपतिनाथको दर्शनका बेला घोषणा गरे अनुसार सरकारले ३० करोड रुपैयाँ दिएको हो । बाँकी ६० करोड रुपैयाँ कोषले खर्च गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x