१७ श्रावण २०८३, आईतवार
सन् २०२६ सम्म भारतमा डिजिटल भुक्तानीको बजार तीन गुणाले बढेर १० ट्रिलियन डलर पुग्ने
काठमाडौँ- सन् २०२६ सम्म भारतमा डिजिटल भुक्तानीको बजार तीन गुणाले बढेर १० ट्रिलियन डलर पुग्ने निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।
हालै फोनपे र बोस्टन कन्सल्टिङ ग्रुपले जारी गरेको प्रतिवेदनमा भारतमा डिजिटल भुक्तानीको बजार हाल रहेको ३ ट्रिलियनबाट बढेर सन् २०२६ सम्म १० ट्रिलियन डलर पुग्ने उल्लेख गरिएको छ ।
भारतमा युनाइटेड पेमेन्ट इन्टरफेस (यूपीआई) डिजिटल भुक्तानीका लागि निकै चर्चित मानिन्छ । यसलाई सन् २०१६ मा भारतको राष्ट्रिय भुक्तानी प्राधिकरण (एनपीसीआई) ले सार्वजनिक गरेको थियो ।
यससँगै परम्परागत रुपमा नगदी कारोबार हुने भारतीय बजारमा पछिल्लो समय डिजिटल कारोबारको हिस्सा झण्डै ४० प्रतिशत पुगेको छ । कोरोना महामारीका बेला भारतका सहरमात्र नभई गाउँसम्म युपीआईको प्रयोग विस्तार भएको थियो ।
Subscribe
Login
0 Comments


