समसुल हक राई काँग्रेसमा प्रवेश , मुस्लिम संघको भेट्घाट सम्पन्न
बाँके , नेपालगञ्ज, कार्तिक २० । जनता समाजवादी पार्टी बाँके जिल्ला प्रवक्ता, प्रदेश सदस्य समेत भैसक्नु भएका समसुल हक राई आज एक कार्यक्रमका बीच नेपाली काँग्रेस प्रवेश गर्नु भएकाे छ ।
नेपाली काँग्रेसकाे भातृ संगठन नेपाल मुस्लिम संघ बाँकेका अध्यक्ष सुफियान खान पठानकाे अध्यक्षता तथा नेपाली काँग्रेसका सह-महामन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय किशाेर सिंह राठाैरकाे प्रमुख आतिथ्यतामा आयाेजना गरिएकाे नेता कार्यकर्ता भेटघाट तथा सम्मान कार्यक्रममा राईले काँग्रेस पार्टीमा प्रवेश गर्नु भएकाे हाे ।
उहाँलाई नेपाली काँग्रेसका सह-महामन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय किशाेर सिंह राठाैरले पार्टीको सदस्यता दिनु भएकाे छ । साथै, साेही कार्यक्रममा समाजसेवी, जडिबुटी व्यवसायी तथा जामा मस्जिदका पूर्व अध्यक्ष माेहम्मद हुसैन हल्वाई, सिरताज हल्वाई लगायतले नेपाली काँग्रेस पार्टी प्रवेश गर्नु भएकाे छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषदको बैठकले सामाजिक विकास मन्त्री अध्यक्ष रहने प्रदेश स्तरिय मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको उपाध्यक्षमा मनाेनित हुनु भएका नेपाली काँग्रेस बाँके क्षेत्र नं.३ का क्षेत्रीय सभापती मो. नक्की खान, नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेश कार्यसमिति सदस्य भेरी एफएमका प्रमुख माेहम्मद आरिफ अन्सारी देशभरीका सामूदायिक रेडियाेहरूकाे छाता संगठन सामूदायिक रेडियाे प्रसारक संघ (अकाेराब) नेपालकाे केन्द्रीय सदस्य पदमा निर्वाचित हुनु भएकाेमा दुवै जनालाई दाेसल्ला तथा सम्मान पत्रले नेपाली काँग्रेसका सह-महामन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय किशाेर सिंह राठाैरले सम्मान गर्नु भएकाे छ ।
कार्यक्रममा संविधान सभा सदस्य हाजी अब्दुल हमीद सिद्दीकी (भाेला), माननीय मीना सिद्दीकी, लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा माननीय बादशाह कुर्मी, पूर्व माननीय याकुब अन्सारी, नेतागण सुदीप नरसिंह राणा, सुनिल नरसिंह राणा, निजामुद्दिन सिद्दीकी, मैमुना सिद्दिकी, कदिर अन्सारी, मेराज हल्वाई, कमाल अन्सारी, जीनुरैन मुल्तमिस, अकबर शेष (गुड्डु), बदरुद्दीन अन्सारी, नसरुद्दीन खान, जहिरुल हक, हाशिम सिद्दीकी, मिसबाहुल हक अन्सारी लगायत नेता कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे ।