१४ मंसिर २०८३, आईतवार

सरकार संयम नबनेको भए एमसीसी आन्दोलनमा हिंसा भड्किन्थ्यो : गृहमन्त्री

एसीपी संवाददाता

२५ फाल्गुन २०७८, बुधबार ०१:१६ मा प्रकाशित

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी विरोधमा आन्दोलनका क्रममा थुप्रै प्रहरी घाइते हुँदा पनि सरकारले ठूलो बल प्रयोग नगरेर संयमित बनेको बताएका छन्। 

एमसीसी विरोधको नाममा भएको आक्रमण र आलोचना सरकारले सहेर संयम बनेको उनको भनाइ थियो ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज तिलोत्तमामा गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री खाँणले आन्दोलनमा हिंसा नभड्कियोस भनेर सरकार सजक बनेको दाबी गरे।

‘झण्डै ५० जना प्रहरी घाइते भएर पनि उहाँहरुले ९प्रहरी० धेरै शक्ति प्रयोग गर्नुभएन। जसका कारण यति ठूलो प्रदर्शनमा कसैको जीवन गुमेन’ उनले भने ‘त्यहाँ धेरै ठूला घट्ना भएको भए हिंसाले प्रति हिंसा जन्माउँथ्यो।’

खाँणले आन्दोनलप्रति संयम बनेजस्तै अभिव्यक्ति स्वतन्त्रताप्रति पनि सरकार उदार बनेको बताए। एमसीसीबारेमा सरकार र नेताहरुविरुद्ध विभिन्न टिकाटिप्पणी सामाजिक सञ्जालमा आए पनि राज्य पक्षले कसैलाई पक्राउ नगरेको खाँणले बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x