सर्वोच्चको फैसलापछि मंगलबार साँझ चितवनमा एक अर्कालाई लड्डु खुवाएर केटा केटीको सङ्या
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गर्ने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिनुपर्ने बताउनुभएको छ ।
बुधबार काठमाडौंमा नेपालको मााटोको डिजिटल नक्साङ्कनको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिनुपर्ने भन्दै यो कसैको हार वा जितको प्रश्न बिषय नभएको उल्लेख गर्नुभयो ।
आफू प्रधानमन्त्री छँदासम्म राम्रो काम गर्ने बताउँदै ओलीले अदालतको फैसलाले कुनै प्रभाव नपर्ने पनि बताउनुभयो । सर्वोच्चको फैसलापछि मंगलबार साँझ चितवनमा एक अर्कालाई लड्डु खुवाएर प्रचण्ड–नेपालले खुसी साटासाट गरेको विषयमा ओलीले के जितेको भन्ने थाहा नभएको टिप्पणी गर्नुभयो ।
उहाले केहि दिनमा आफ्नो राजनीमा माग्न सक्ने बताउनुभयो । देश विकासको सन्दर्भ र आकांशमा आफ्नो दृढ रहेको भन्दै ओलीले स्वार्थबाट लपेटिएका मान्छेहरुमा सर्वोच्चका फैसला जस्ता कुराहरुले धेरै असर गर्ने जिकिर गर्नुभयो । त्यस्तै उहाले अहिले मुलुकमा बिकासको लहर चलेको र विकासको मार्गमा निश्चिन्त रुपमा अगाडि बढ्न आग्रह गर्नुभयो ।
कृषि मन्त्रालयको समन्यवयमाा नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय माटो बिज्ञान अनुसन्धान केन्द्रले सिमिट नेपाल र नेपाल सीड एंड फर्टिलाईजर परियोजनाको सहयोगमा नेपालको मााटोको डिजिटल नक्साङ्कन कार्यक्रम सुरु भएको हो । माटोमाा रहेका बिभिन्न तत्व वा गुणहरु देखाउनका लागि कम्युटर प्रविधीको प्रयोग गरि तयार गरिएको नक्सा नै डिजिटल नक्सा भएको कृषि अनुसन्धान परिषद्ले जनाएको छ ।


