२ आश्विन २०८३, शुक्रबार

साकेला साहित्य महोत्सव २०७७” शनिबारबाट काठमाडौंमा

एसीपी संवाददाता

१२ पुष २०७७, आईतवार ०२:२४ मा प्रकाशित

किरात समुदायको महान चाड उधौलीको अवसरमा किरात राई लेखक संघको आयोजनामा “साकेला साहित्य महोत्सव २०७७” शनिबारबाट काठमाडौंमा सुरु भएको छ ।

आइतबारसम्म चल्ने महोत्सवमा उधौलीमा सम्पन्न हुने महोत्सवमा साकेला कविता प्रतियोगिता गरिएको छ । महोत्सवको पहिलो दिन वरिष्ठ कवि तथा गीतकार भूपाल राईले ‘किरात प्राज्ञिक सत्ता निर्माण’ विषयमा विचार प्रस्तुत गरिएको छ भने किरात राई लेखक संघका पूर्वअध्यक्ष प्रकाश राईले पनि पहिलो दिननै ‘जनगणनामा जनसंख्याको राजनीति’ बिषयमा धारणा राख्नुभएको छ ।

महोत्सवको दोस्रो दिन, मुन्धुम अध्येता भोगिराज चाम्लिङले ‘साकेलाको गरिमा’ विषयमा गहन विश्लेषण गर्ने कार्यक्रम छ ।   दोस्रो दिन साकेला कविता प्रतियोगिताको नतिजासहित महोत्सव समापन हुनेछ ।

संघका अध्यक्ष खुक्सङ खम्बुले यो पल्टको महोत्सवमा मौलिकता दिने बताउनुभयो ।

साकेलालाई लेखनको माध्यमले थप माथी उठाउनको निम्ति साकेला साहित्य महोत्सवको आयोजना गरिएको उहाले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x