साहु समाजद्वारा रक्तदानको आयोजना , १५६ पटक रक्तदान गर्ने बैश्यको साहु समाजले प्रहिलो पटक सम्मान
श्याम कुमार साहू – शनिबार नेपालगन्जमा पहिलो पटक साहू समाज समिति बाँकेको आयोजनामा रक्तदान गरेको छ ।कोरोना महामारीमा रगतको अभाव भईरहेको अवस्थामा साहु समाजले वडा नं ५ स्थित राधाकृष्ण मन्दिर परिसमा सुरक्षा मापदण्ड सहित रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
आज भएको रक्तदान कार्यक्रममा नेपालगन्जका निवासी बैश्य समाजका एक रक्तदाता अगुवाको सम्मान गर्नुको साथै रक्तदान कार्यक्रमको प्रमुख अतिथिमा आसन ग्रहण गराई कसौधन बैश्य समाजलाई समेत चुनौती पेस भएको महसुस भएको छ ।
साहु समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा साहु समाजको युवा समितिले समेत उल्लेखनीय योगदान गरेको अध्यक्ष हन्सराम साहुले जनाएका छ्न । शनिबार गरिएको रक्तदानमा अध्यक्षता हन्सराम साहु रहनु भएको हो भने
प्रमुख अतिथि – नेपालगन्ज बाँके को दोस्रो रगतदान गर्न सफल गोपीनाथ वैश्यले १५६ चोटी रगत दान गरी आफ्नो अमुल्य योगदान गरे बापत सम्मान समेत गरिएको हो ।
आज सम्पूर्ण रक्तदानमा वरिष्ट अतिथिमा समाज सेवि माधव राम बर्मा र अतिथिमा वैश्य समाजको अध्यक्ष तथा नेपालगन्ज उधोग ब्यापार सङका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य, अतिथि वाड नं ५ का अध्यक्ष कैफुल , औषधि व्यवसायी संघ बाँकेका अध्यक्ष वसन्त शर्मा रहनु भएको थियो ।
कार्यक्रम संयोजकमा प्रदीप शाहका अनुसार सम्पूर्ण रक्तदान कार्यक्रममा आज साहू समाज समितिको तर्फबाट ले १०७ पोइन्ट रगत दान भएको जानकारी दिनु भयो । समाचार सम्प्रेषण गरि दिने मिडियाका साथीहरुलाई धन्यवाद दिएका थिए । वरिष्ठ अतिथि माधव राम वर्मा र साहू समाजका कानुनी सलाहकार राम नाथ साहूले सबै बान्दे बढी रगत दान साहु समाजले गरेको भन्दै १०५५ रु र समान पत्र दिई शिवम् शाह लाई समान गरिएको हो ।
अध्यक्ष हंस राम साहु ले कार्यक्रम समापन गर्दे युवा समिति लाई धन्यवाद दिनु भयो र युवा समितिका अध्यक्ष राम किशुन साहू, सा – सचिव श्याम कुमार साहू र सदस्य दिनेश कुमार साहू ले रगत दान गर्नु भएको थियो । आज भएको रगत दानमा १०७ जनाले गरेको रक्तदानमा महिला हरुले समेत ४ जना समेत रगत दान गरेका थिए ।
















