३ आश्विन २०८३, शनिबार
साहु समाजद्वारा हडिया बाबा आश्रममा फलफूल वितरण
श्याम कुमार साहु । श्री १००८ श्री हडिया बाबा आश्रम नेपालगन्जमा आयोजित मेलाको पावन अवसरमा साहू समाज युवा समितिले आज फलफूल वितरण गरेको छ । आश्रममा यति बेला मेला संचालन भएको छ ।
उक्त मेलाको अवसर भारतको विभिन्न स्थान बाट आएका साधुसन्तहरु फलफूल वितरण गरिएको हो । साहू समाजका अध्यक्ष र साहू समाज युवा जिल्ला कार्य समिति को अध्यक्षको सहभागितामा भारत र नेपालका विभिन्न जिल्ला बाट आएका साधुसन्तहरुलाई आज फलफूल वितरण गरिएको हो ।
हडिया बाबा मंदिरमा प्रत्येक वर्ष मेला लाग्ने गर्छ । मेलामा मथुरा , बृन्दावन बाट आएका कलाकारहरुले झाँकीमा भगवान कृष्णको बाल रूप देखि कंश बध सम्म रासलिला प्रस्तुत हुने आयोजकले जनाएको छ । रात्रि मेलामा झाँकीको साथै धार्मिक नाटक समेत गरेको साहू समाज युवा जिल्ला कार्य समितिको सचिव ब्रिज लाल साहूले जानकारी दिएका छ्न ।

Subscribe
Login
0 Comments


