३ आश्विन २०८३, शनिबार

साहू समाज जिल्ला कार्यसमिति र साहू समाज यूवा जिल्ला कार्यसमितिले विभिन् कार्यक्रमको आयोजना गर्ने भएको छ ।

एसीपी संवाददाता

१२ भाद्र २०७८, शनिबार १३:२७ मा प्रकाशित

श्याम कुमार साहू, नेपालगन्ज – यही सोमबार भाद्र १४ गते जन्माष्टमीमा रात्रि जागरण गर्ने आयोजकले जनाएको छ । देशभरिका हिन्दुहरुले कृष्ण भगवानको विशेष पुजा अर्चना गरेर , भजनकीर्तनको आयोजना गरिने छ । महिला, पुरुष दुबै आ-आफ्नो इच्छा अनुसार व्रत’बस्ने प्रचलन रहेको छ। अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतार एवम् वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मीएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका पाइन्छ ।

शनिबार भाद्र १९ गते श्री कृष्ण छठका दिन विशाल भण्डारा गर्ने निर्णय गरेको हो। नेपालगंज वडा नम्बर ५ फुलटेक्रामा निर्माण गरिएको श्री राधाकृष्ण मन्दिर र समाजको धर्मशाला परिसरमा जागरण र भण्डाराका सम्पुर्ण कार्यक्रम गरिने निर्णय भएको छ। जागरणमा भजन किर्तनको लागि भारतको महसुर भजन गायक राघव पाठक, सूफी रिजु राज, डि. के. सरल र भजन गायका कल्पना जैसवाल बालाजी जागरण ग्रुप द्वारा आयोजन गरिएको हो।

श्री कृष्ण जनमाष्टमीको दिन हरेक वर्ष बिधि पूर्वक मनाउँदै आएको हो र यस वर्ष पनि जन्माष्ठमी मनाउने साहू समाज युवा जिल्ला कार्य समितिका अध्यक्ष राम किशुन साहूले जानकारी दिनु भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x