२ आश्विन २०८३, शुक्रबार

सिल्ली फो’ले थाल्यो प्रचारप्रसार, केकी भन्छिन् – फिल्ममा अभिनय गर्दा संघर्षको दिनहरु याद आयो

एसीपी संवाददाता

३० जेष्ठ २०७९, सोमबार ०५:५३ मा प्रकाशित

काठमाडौं । ‘छ माया छपक्कै’पछि अभिनेत्री केकी अधिकारी नयाँ फिल्म ‘सिल्ली फो’मार्फत दर्शकमाझ आउँदैछिन् । उनको शीर्ष भूमिका रहेको यो फिल्म असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । कमेडी जनराको फिल्ममा उनले करिअर स्थापित गर्न संघर्षशील कलाकारको भूमिका निर्वाह गरेकी छन् । आईतबार फिल्मबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा अभिनेत्री अधिकारीले आफ्नो भूमिकाबारे खुलाएकी हुन् । ‘फिल्ममा मैले निर्वाह गरेको संघर्ष गरिरहेको एक संघर्षशील कलाकारको भूमिका हो’ अभिनेत्री अधिकारीले भनिन् ‘फिल्मको पात्रको भूमिका निर्वाह गर्दै गर्दा मलाई आफ्नो संघर्षको दिनहरु कताकता याद आयो ।’

आफूले निर्वाह गरेको पात्र आफ्नो जीवनको अनुभवसँग निकट रहेकोले अभिनय गर्न अलिकति सहज भएको उनले अनुभव सुनाईन् । उनले आईरहेका फिल्मभन्दा ‘सिल्ली फो’ केही फरक रहेको बताउँदै दर्शकहरुले रुचाउनेमा विश्वास व्यक्त गरिन् । फिल्ममा केकी एक मात्र लिड महिला कलाकारको रुपमा छिन् ।

राजबहादुर साने निर्देशित ‘सिल्ली फो’ले पत्रकार भेटघाट कार्यक्रम गर्दै फिल्मको प्रसारप्रचारलाई तिव्र बनाएको छ । सो अवसरमा बोल्दै निर्देशक सानेले ‘सिल्ली फो’बाट आफूले कमेडी जनरामा पहिलो पटक हात हालेको बताए । उनले फिल्म राम्रो बनेको बताउँदै फिल्मले आफूलाई कमेडी जनरामा स्थापित गर्नेमा विश्वस्त रहेको बताए । फिल्ममा केकीका साथमा रविन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, रमेश बजगाईँ, धिरेन शाक्य लगायतको अभिनय छ ।

कार्यक्रममा अभिनेताहरु राजाराम, रविन्द्र, दिनेश र रमेशले पनि फिल्म राम्रो बनेको बताए । अभिनेता धिरेन भने कार्यक्रममा उपस्थित थिएनन् । मनोज डीके यस फिल्मका निर्माता हुन् । फिल्मको ट्रेलर दुई/तीन दिनमा सार्वजनिक गर्ने तयारी छ । सेलेब्रेटिनेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x