३१ असार २०८३, बुधबार

सुरक्षित आप्रवासन र मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध संदेश प्रवाह

एसीपी संवाददाता

११ असार २०८२, बुधबार २०:५६ मा प्रकाशित

बर्दिया असार ११ गते  – सुरक्षित आप्रवासन बारे सेवाग्राहीलाई जानकारी दिनुका साथै मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध संदेश प्रवाह गर्ने उदेस्यले जिल्ला प्रसाशन कार्यालय बर्दियामा डिजिटल बोर्ड को स्थापना गरियको छ ।
बर्दिया जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतले रिबन काटेर उक्त बोर्डको विधिवत रुपमा उद्घाटन गर्नु भयको हो ।
प्लान इन्टरनेसनल नेपाल को साझेदारीमा बाँके युनेस्को क्लब द्वारा बर्दियामा संचालित सुरक्षा परियोजना अन्तर्गत जिल्ला प्रसासन कार्यालयको सहकार्यमा सहयोग गरियको बाँके युनेस्को क्लबका उप कार्यकारी निर्देशक गोबिन्द प्रसाद लामिछानेले बताय
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी कठायतले यो संदेश मुलक श्रब्य द्रिस्य सामग्रीले सुरक्षित आप्रवासन बारे सेवाग्राहीलाई जानकारी दिनुका साथै मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध संदेश प्रवाह गर्ने कुरा बताउनु भयो साथै मानब बेचबिखन बिरुद्धको अभियानमा बाँके युनेस्को क्लबले अभियान हरु संचालन गरेकोमा धन्यवाद दिदै आगामी दिनमा कार्यालय संग समन्वय सहकार्य गरेर अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भयको थियो ।
बाँके युनेस्को क्लबका परियोजना संयोजक इश्वर बिकले संचालन गरेको उक्त कार्यक्रममा जिल्ला प्रसासन कार्यालयका प्रसासकिय अधिकृत बिमल गुरुङ,धनीराम शर्मा , कम्पुटर अपरेटर बिजय कुमार मल्ल ,पत्रकार लगायतको उपस्थिति रहेको थियो
संथाले सुरक्षा परियोजना मार्फत बर्दियाका राजापुर र मधुबन नगरपालिका मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध अभियानहरु संचालन गर्दै आइरहेको छ ।

सम्पन्न कार्यक्रम को एक झलक तस्बिरमा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x