सुर्य चिन्हमा प्वाल परिसक्यो – थापा
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेको सूर्य प्वाँल परिसकेको बताएका छन्। काठमाडौँको असनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
नेपाली कांग्रेसका नेता समेत रहेका थापाले राप्रपा, राप्रपा नेपाल, जनमत पार्टी र परिवार दलका चुनाव चिह्नले घोचेर सूर्यमा प्वाल परिसकेको बताएका हुन् ।
‘मकवानपुरमा गयो कमल थापा, चितवनमा आयो राजेन्द्र लिङ्देन, डाँडा चढ्यो विप्लव, आरोलो झर्यो सीके राउत,’ थापाले भने, ‘परिवार दलको साँचोदेखि सीके राउतको लाउडस्पिकर, कमल थापाको तीरदेखि राजेन्द्र लिङ्देनको हलोसम्म चारै तिरबाट सूर्यको झण्डा हेर्नु भयो भने घोच्दा घोच्दा प्वाल परिसकेको छ।’
उनले काठमाडौँका मतदातालाई एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गर्न पनि आग्रह गरे।
‘चुनावमा पनि नेताले नै आएर प्रश्न गर्छ भने त्यो चुनावको अर्थ छैन,’ थापाले भने, ‘त्यसैले म आम काठमाडौँबासीलाई आग्रह गर्न चाहन्छु। रुख चिह्नमा मतदान गर्ने मात्रै होइन, यो बेला एमाले र त्यसको मूलीलाई कम्तीमा पनि ५ प्रश्न गर्नुपर्छ।’


