२० कार्तिक २०८३, बिहीबार

सेनाबीच बटालियनस्तरको संयुक्त अभ्यास पिथौरागढमा सोमबार सुरु

एसीपी संवाददाता

४ आश्विन २०७८, सोमबार २०:५१ मा प्रकाशित

४;गते असोज २०७८ सोमबार । नेपाली सेना र भारतीय सेनाबीच बटालियनस्तरको संयुक्त अभ्यास पिथौरागढमा सोमबार सुरु भएको छ । कोभिड–१९ का कारण गत वर्ष रोकिएको संयुक्त अभ्यास स्वास्थ्य प्रोटोकलसहित सुरु भएको हो । नेपाली र भारतीय सेनाबीच भएको संयुक्त अभ्यासको यो १५औँ चरण हो ।

सैनिक प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौड्यालका अनुसार नेपाली सेनाको टोली पिथौरागढमा शनिबार पुगेको थियो । टोलीको नेतृत्व प्रमुख सेनानीले गरेका छन् । अघिल्लोपटक ०७६ मंसिर १७ देखि ३० सम्म सालझन्डीस्थित नेपाली सेनाको तालिम केन्द्रमा १४औँ सूर्यकिरण अभ्यास भएको थियो ।

‘अभ्यासका दौरान नेपाली र भारतीय सेनाको बटालियनले संयुक्त रूपमा अपरेसन, प्रतिआतंकवाद र प्रकोप उद्धारसँग सम्बन्धित अपरेसनका अनुभव आदानप्रदान गर्नेछन्,’ भारतीय सेनद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ । पिथौरागढमा परम्परागत उद्घाटन समारोह सोमबार आयोजना भएको र यसमा दुवैतर्फका सैनिकले आफ्ना सैनिक धुनसहित मार्चपास गरेको भारतीय सेनाले जनाएको छ ।

उक्त भारत क्षेत्र हेर्ने सेनाका रथी एसएस महलले सम्बोधन गरेका थिए । उनले आपसी विश्वास, उत्कृष्ट अभ्यासहरूको आदानप्रदान र अपरेसनका अनुभव आदानप्रदानमा यो अभ्यास सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली सेनाका करिब ३ सयजना सहभागी छन् भने भारतीय सेनाका ३५० जना सहभागी छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x