स्थानीय निर्वाचन २०२२ का लागि महिला तथा सिमान्तकृत समूहका सम्भावित नेताहरूको क्षमता बिकास र सशक्तिकरण अभियान सञ्चालन
बास नेपालले स्थानीय निर्वाचन २०२२ का लागि महिला
तथा सिमान्तकृत समूहका सम्भावित नेताहरूको क्षमता बिकास रसशक्तिकरण अभियान सञ्चालन गरेको छ ।
लुम्बिनी, सुदुर र कणर्ाली प्रदेशका बिभिन्न जिल्लाहरुमा
बास नेपालले युएनडिपि, ईएसपि र युएन वमेनको सहयोगमा बास नेपालले सो अभियान सञ्चालन गरेको हो ।
अभियान अन्र्तगत आज तीन प्रदेशबाट प्रतिनिधित्व गर्ने
सहजकर्ता र स्वयंसेवकहरुलाई मतदाता शिक्षा, लैंगिक समता तथा सशक्तिकरण बारे एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

बाँके, बर्दिया, दाँग, रुपन्देही, सल्यान, सुर्खेत,
कालिकोट, जुम्ला, दैलेख, अछाम, बझांग, बाजुरा,
कैलाली, कञ्चनपुर लगायत बिभिन्न जिल्लाका ४० जना सहजकर्ता
र स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा निर्वाचनको समयमा लैंगिक सवाल,
निर्वाचनको समयमा हुने हिंसा, बिभेद र नागरिकहरुको भुमिका
बिषयमा महिला अधिकारकर्मी कमला पन्त, निर्वाचन, निर्वाचनको
प्रकृया बिषयमा जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्त, मतदाता शिक्षा, नागरिकहरुको अर्थपूणर् सहभागिता
बिषयमा अधिबक्ता पदम पाण्डेले प्रशिक्षण दिएका
थिए ।
अभियान बारे बासका कार्यकारी निर्देशक नमस्कार शाहले
सहजिकरण गरेको कार्यक्रममा बासकी पूर्ब अध्यक्ष सिता
बोहरा, संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले बोलेका थिए ।
कार्यक्रममा बास नेपालका निबर्तमान केन्द्रीय अध्यक्ष रमेश सिटौला, केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, उपाध्यक्ष शिब कुमार बर्मा लगायतको उपस्थिती रहेको थियो ।
अभियान अन्र्तगत लम्विनी, कणर्ाली र सुदुरपश्चिम प्रदेशका ६
स्थानमा प्रदेश स्तरिय कार्यशाला, २१ वटा पालिका स्तरमा
सामुदायिक अन्र्तक्रिया गरिनेछ बास नेपालका कार्यकारी निर्देशक, नमस्कार शाहले जनाउनु भयो ।


