स्वास्थ्यकर्मी संघद्वारा अन्जनी माता रसोईलाई आर्थिक सहयोग
श्याम कुमार साहु – स्वास्थ्यकर्मी संघले अञ्जनी माता रसोइलाई नगद रु. १५००० आर्थिक सहयोग गरेको छ ।
भेरी अस्पतालमा कोभिड १९ विरामि र कुरुवालाई खाना खुवाउँदै आएको माता रसोइलाई संघले नगद सहयोग प्रदान गरेको हो ।
संघले आफ्नो स्थापना दिवसको अवसरमा
रसोइलाई सहयोग गरेको संघका बाँके अध्यक्ष टेक बहादुर केसीले जानकारी दिनुभयो ।
हस्तान्तरण कार्यक्रममा सल्लाहकार विजय गुप्ता, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, नेपाली काग्रेस बाँकेका जिल्ला सदस्य सुधांशु कोईराला , नगर सभापति प्रशान्त विष्ट लगायतको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो । अहिले नेपालगन्जमा विभिन्न समाजसेविहरुले सहयोग गर्दै आएको छ ।
हस्तान्तरण कार्यक्रममा बोल्दै डा. थापाले भन्नू भयो यो कठिन परिस्थितिमा माता रसोइले सुरु गरेको नभएको भए अहिलेको अवस्थामा यहाँको हाल बेहाल हुने थियोे । अहिले पीडितहरुलाई भोक मैटाउन गाह्रो हुन्थ्यो । निषेधाज्ञामा कारण सबै बजार, पसल बन्द छ । मानिसले खाना जोहो गर्ने पनि धेरै समस्या झेल्नुपर्ने अवस्था आउथ्यो होला, डा. थापाको भनाई छ।
मानव सेवा नै धर्म भएको भन्दै संघले गरेको पुण्य कामको लागि श्री सुन्दर काण्ड मित्र मण्डल परिवारले संघलाई अाभार प्रकट गरेको छ ।






