“स्वास्थ्य महिला, स्वास्थ्य परिवार, स्वास्थ्य समाज” मूल नारा का साथ “सनराइज युथ सिराहा सञ्जाल”
“स्वास्थ्य महिला, स्वास्थ्य परिवार, स्वास्थ्य समाज” मूल नारा का साथ “सनराइज युथ सिराहा सञ्जाल” मधेसी युवा एकता समाज सेवा द्वारा ^महिनावारी सरसफाइ तथा पुन प्रयोग प्याड बनाउने तालिम^ को आयोजना।
महिनावारीको समयमा प्रयोग गर्ने बजारमा विभिन्न कम्पनी का सिनेटरी प्याड उपलब्ध हुन्छ तर त्यस्ता प्याड सबैको पहुँचमा हुँदैन । कुनै ठाउँ मा प्याड नैं पाउँदैन भने कम्जोर आर्थिक अवस्था का कारण कतिपय ले खरिद गर्न सक्दैन जसकारण महिनावारी को समय मा कपडा नै प्रयोग गर्नेहरु धेरै हुन्छन् । कपडा प्रयोग गर्दा समस्या मात्र हुँदैन संक्रमण को जोखिम पनि हुन्छ । यसैलाई ध्यान मा राख्दै ” स्वास्थ्य महिला, स्वास्थ्य परिवार, स्वास्थ्य समाज” मूल नाराको साथ “महिनावारी सरसफाइ तथा पुन प्रयोग प्रयोग प्याड बनाउने तालिम” महिला हरु को लागी आयोजना “सनराइज युथ सिराहा सञ्जाल” द्वारा गरियो।
यस तालिममा स- साना कपडाको टुक्राबाट महिनावारी हुँदा पुनः प्रयोग गर्ने मिल्ने प्याड बनाउन महिला हरुलाई सिकाएको छ।
बजारमा पाइने प्याड एकपटक प्रयोग गरेपछि अर्को पटक प्रयोग गर्न मिल्दैन । तर कपडाको प्याड लाई पुनः प्रयोग गर्न सकिन्छ ।यो तालिम लिए पछि सुई,धागो , टाक, कैची, भएपछि घरकै कपडा ले बनाउन सकिन्छ । कपडा को प्याड बनाउन सहज र कम खर्चिलो पनि हुन्छ र साथै कसैको मदत बिना पनि यो प्याड बनाउन सकिन्छ।
उक्त तालिम मिर्चैया ना. पा -११ , सनिगढवा गाउँ को दलित बस्ती मा “सनराइज युथ सिराहा सञ्जाल” को आयोजना गरेको थियो।
उक्त तालिम “सनराइज युथ सिराहा सञ्जाल” को आयोजना मा ” मधेशी युवा एकता समाज सेवा कतार “को अध्यक्ष राम कुमार यादव ज्यु को आर्थिक सहयोग गरेको छ र प्याडबैंक को प्रविधिक सहयाेग ले भएको छ।यस कार्यक्रम मा मधेसी युवा एकता समाज सेवा को अन्तर्राष्ट्रिय बोर्ड अध्यक्ष राम बाबू यादव जि , “सनराईज युथ सिराहा सञ्जाल” का पदाधिकारीहरु पारस जैसवाल, ,अनिल सिंह,प्रियंका जैन, कञ्चन साह आरती चौधरि उपस्थित भएको थियो र साथै गाउँ को बुद्धिजिबि चन्द्र्दिप यादव ,राम बाबू यादव,गुरुदयाल साह जि उपस्थित भएको थियो । कार्यक्रम मा उपस्थित भएको भएको सम्पूर्ण मा धेरै धेरै धन्यवाद
अझ आउने दिन हरु मा यस्ता कार्यक्रम हरु syss द्वारा आयोजना अवस्य हुनेछ ।
– ( SUNRISE YOUTH SIRAHA SANJAL)


