४ आश्विन २०८३, आईतवार

स्वास्थ्य समाग्री वितरण गर्ने तयारीमा अवधी सघ

एसीपी संवाददाता

३१ बैशाख २०७८, शुक्रबार ०१:१३ मा प्रकाशित

कोरोना भाइरस संक्रमण महामारीको दोस्रो लहरले चौतर्फी असर पारेको छ । कोभिड संक्रमणका बेला पत्रकारहरुलाई सुरक्षित तरिकाले रिपोटिङ्गका लागि अवधी पत्रकार संघ नेपालले स्वास्थ्य सामाग्री वितरण गर्ने भएको छ ।

बाँके जिल्लामा सक्रिय रुपमा कार्यरत अवधी भाषी पत्रकारहरुलाई संक्रमणको जोखिमबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन स्वास्थ्य सामाग्री वितरण गर्न लागिएको हो ।

पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्न नेपालगन्ज हेल्थ क्याम्पसले आज विहीबार मास्क तथा हेण्ड सेनीटाइजर हस्तान्तरण गरेको छ । क्याम्पसका अध्यक्ष तथा पुर्ब सभासद मैकुलाल बाल्मिकीले संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रलाई ५०० थान सर्जिकल मास्क र ४ दर्जन हेण्ड सेनीटाइजर हस्तान्तरण गर्नुभएको छ ।

त्यस अवसरमा क्याम्पसका सञ्चालक प्रभाकर मिश्र, नेपालगन्ज वडा नंं २ का अध्यक्ष सुनिलसिंह हमाल, नेपाली काँग्रेश क्षेत्र नंं २ का सभापति रमेश गुप्ता, महाधिबेशन प्रतिनिधी निजामुद्दिन अन्सारी, संघका संस्थापक अध्यक्ष सुर्यलाल यादव, केन्द्रीय महासचिव गुरुमुरत यादव, बाँके जिल्ला अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले कोभिड महामारीले पारेको प्रभाव तथा अपनाउनु पर्ने सावधानका बारेमा बोल्नुभएको थियो ।

यसैविच नेपालगन्जका युवा अगुवा रासिद कुरैसीले पनि केही स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । कोभिड संक्रमणको जोखिमबाट बच्न तथा सावधानी अपनाउनका लागि सुरक्षित स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो । प्राप्त स्वास्थ्य सामाग्री संघमा आबद्ध विभिन्न सञ्चार माध्यममा कार्यरत सक्रिय पत्रकारहरुलाई उपलब्ध गराइनेछ ।

शनिबार संघको कार्यालय फुल्टेक्राबाट उक्त सामाग्री पत्रकारहरुलाई वितरण गरिनेछ । अहिलेको विष्मपरिस्थितीमा पत्रकारहरुले आफ्नो जीउ ज्यानकोे समेत सुरक्षा नगरी रिपोटिङ्गमा खटिने पत्रकारहरुको सुरक्षाका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको सहयोगी निकायले बताएका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x