५ आश्विन २०८३, सोमबार

हरित साउदी अरेबिया ,हरित मध्यपूर्व’ नाराका साथ साउदी अरबले १० अर्ब बिरुवा रोप्ने

एसीपी संवाददाता

२१ चैत्र २०७७, शनिबार १३:३९ मा प्रकाशित

शहबाज खान

बिश्वको सबैभन्दा बढी तेल उत्पादक देश साउदी अरबियाले ‘हरित साउदी अरबिया, हरित मध्यपूर्ब’ नाम दिएको महत्वपूर्ण अभियान अन्तरगत साउदीमा १० अर्ब बृक्षारोपण गर्ने एउटा बातावरण मैत्री र जलवायु परिवर्तनको समस्यालाई हल गर्ने महवत्वपूर्ण बृहत कार्यक्रम अघि सारेको छ ।

यो बृक्षारोपण अभियानबाट बातावरण जोगाउने, कार्बन उत्सर्जन घटाउने, प्रदुषण रोक्ने, भूमिको स्तर खस्कन नदिने सामुद्रिक जीवनको रक्षा र सुधार गर्ने तथा भावी मानब पुस्ताको भबिष्य गुणस्तरीय तुल्याएर सुरक्षित राख्ने अत्यन्तै महवपूर्ण सामयिक उदेश्य राखेको छ ।

यस अभियानले बिश्वमा कार्बन उत्सर्जन ४ प्रतिशतले घटाउन योगदान पुग्दछ भन्ने दाबी गरिएको छ भने २०३० सम्ममा स्वच्छ ऊर्जा उत्पादनको हिस्सामा पनि ५० प्रतिशतले बढाउने नीति पनि रहेको छ ।

यो ‘हरित साउदी अरबिया, हरित मध्यपूर्ब’ पहलको प्रयास मध्यपूर्बका देशहरुका बीच समन्वय गर्ने र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय घटना क्रमसँग तालमेला राख्नका लागि हो जस अन्तरगत राज्यृे यस क्षेत्रमा हाइड्रोकार्बन टेक्नोलोजी दक्षा अभिबृद्धि गरेर जलबायु परिबर्तन समस्याको सामना गर्ने बिश्वब्यापी लक्षहरु हासिल गर्न महत्वपूर्ण योगदान पुर्याउन क्षेत्रका लगि सडक नक्शा शुरु गरेको छ ।

यो साउदी र मध्यपूर्व क्षेत्रमा १० अर्ब रुख रोप्ने लक्षले बिश्वमा बन पुनस्र्थापना गर्ने बिश्व एक ट्रिलियन रुख रोप्ने लक्षको ५ प्रतिशत हिस्साको प्रतिनिधित्व गर्दछ । यो अभियान अर्ब खाडीका राज्यहरु,मध्यपूर्बका देशहरुका लागि सहयोग परिषदका बहिनी देशहरु र ग्रीन मध्यपूर्ब पहलका लक्षहरु प्राप्त गर्न सँगै काम गर्न चाहने देशहरु र संगठनहरु सबैको सहयोगीहरुको सहयोगमा सम्पन्न हुनेछ ।

साउदी अरबले बिश्वब्यापी तेल उत्पादनमा अग्रता कायम गर्दै आएकोले पनि जलवायु संकट बिरुद्धको लडाईमा आफ्नो जिम्मेवारीप्रति पूर्णरुपमा सचेत रहेको, तेल ग्यासको यगमा ऊर्जा बजारलाई दीघकालनी र स्थिर राख्दै बिश्वलाई आगामी ‘हरित युग’तर्फ अघि बढाउन आफ्नो भूमिका अहम रहने कुरा बुझेको यस सम्वन्धि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

सबै खाडी राष्ट्रहरुले आज मौसम सम्वन्धि चूनौतिहरुको सामना गरिरहेकोले कार्बन उत्सर्जन कम गर्नु अत्यन्तै जरुरी बनेको छ र त्यसले आपतकालीन आर्थिक संकट निम्त्याउन पनि सक्ने त्यो बिज्ञप्तिमा बताउदै यो बिश्वको सबैभन्दा ठूलो बृक्षारोपण कार्यक्रम हुने उल्लेख गरिएको छ ।

हरित साउदी अरयिबा,हरित मध्यपूर्ब’को यो निकै सराहनीय कार्यक्रमको आयोजना जुन साउदी अरब सरकारले गर्न लागेको छ त्यसले बातावण र जलवायु परिबर्तनको संकट सामना गर्न सकारात्मक सहयोग पुग्ने कुरामा प्रसन्नता ब्यक्त गर्दै राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा.अब्दुल गनी अलकुफीले बताएका छन् र यसलाई सफल पार्न सबैसँग आग्रह गरेका छन् ।

त्यसैगरी यो ठूलो बृक्षारोपण अभियान संसारभरीकै मानिस र खाशगरी मुस्लिम समुदायका लागि हर्षोल्लास कुरा हो भन्दै यसबाट बिश्वले नयाँ साउदी अरब देख्न पाउने ऐतिहासिक स्थिति खडा हुने धारणा लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना महशुद खान नेपालीले आफ्नो तर्फबाट साउदी, सरकार र त्यहाँका जनताको कार्यक्रको सराहना गर्दै धन्यबाद दिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x