हाजिरी नै नगराएको भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र
स्थानीय सेवामा कार्यरत कर्मचारीहरुले आफुहरुलाई नियुक्ती र हाजिरी नै नदिएको र नगराएको भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ज्ञापन पत्र बुझाएका छन् ।
बिहीबार मन्त्रालयका सचिव एक नारायण अर्याललाई ज्ञापन बुझाउदै उनीहरुले आफुहरुलाई नियुक्ती र हाजिरी नदिएको, कार्य सिलसिलाको क्रममा अवाञ्छीत दवावका साथै भौतिक आक्रमण गरिएको, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीबीच पेशागत तथा सेवागत बिभेद गरिएको गुनासो गरेका हुन् ।
नेपाल-भारतको ‘छिमेकी पहिलो’नीतिको अग्रपंक्ति र कोभिड–१९ विरुद्ध खोप अभियानको प्राथमिक हिस्सेदार
बाँकेमा दोस्रो दिन पनि स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई कोरोना विरुद्धको खोप लगाइँदै
त्यस्तै उनीहरुले सरुवा अध्ययन, तालिम भ्रमण जस्ता बिषयमा पनि बिभेदपूर्ण अवस्था रहेको बताएका छन् । त्यस्तै उनीहरुले राज्य व्यवस्था समितिले पारित गरेको संघीय निजामती सेवा बिधेयकको प्रतिवेदन प्रतिपनि आपत्ती जनाएका छन् ।
ज्ञापन पत्र बुझ्दै मन्त्रालयका सचिव अर्यालले कर्मचारीको माग प्रति सकारात्मक रहेको र केहि बिषयमा सम्बोधनको प्रयास भइरहेको जानकारी दिनुभयो ।
कर्मचारीहरुले नियुक्ती हाजिरी तथा जिम्मेवारीका बिषयमा सवै स्थानीय तहहरुलाई स्पष्ट निर्देशन दिनुपर्ने जनाएका छन् ।
त्यस्तै कानूनमा छुटेका बिषयहरुका बारेमा पनि कर्मचारीहरुले मन्त्रालयलाई अवगत गराएका छन् ।



