६ आश्विन २०८३, मंगलवार

हिन्दू राष्ट्रको माग गर्दैखाली खुट्टा पैदल यात्रा

एसीपी संवाददाता

२६ श्रावण २०७९, बिहीबार १४:५३ मा प्रकाशित

हिन्दू राष्ट्र स्थापना मुख्य माग राख्दै एक जना युवा २१ दिनको खाली खुट्टा पैदल यात्रा गर्दै पशुपतिनाथ आईपुगेका छन् ।

दाङ्गका युवा झनक बस्नेत चार जिल्लाको सिमाना बबई नदि देखि काठमाडौं सम्मको खाली खुट्टा पैदल यात्रागरि बिहिबार काडमाडौ पुगेका हुन ।

सनातन हिन्दु राष्ट्र नेपाल सहित संघीयता खारेज हुनुपर्ने माग राख्दै साउन ४ गते देखि चार जिल्लाको सिमाना कोहलपुर-सुर्खेत सडक खण्डमा पर्ने बबई नदि तटबाट खाली खुट्टा पैदल यात्रा गरेका दाङ्ग काङ्रेसका युवा नेता बस्नेतले २१ दिन आईपुग्दा आफ्नो यात्रालाई पशुपतिनाथ मन्दिर पुगेर विश्राम गरेका दिए ।    यो पनि समाचार पढ्नु होला – भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथ नेपाल आउने कार्यक्रम तय

हिन्दु महाअभियान नेपाल आन्दोलनका लागी नेपाली कांग्रेसका नेता स्व. खुम बहादुर खड्काको नाममा समर्पित गरेका थिए । यात्रा बाँके ,बर्दिया ,सुर्खेत र सल्यानको सिमाना कोहलपुर देखि छिन्छुको बिचमा पर्ने बबई पुल देखि शुरुगरेका बस्नेतलाई ठाउँ ठाउँमा स्थानीयवासीहरुले स्वागत र विदाई गर्दै पठाएका थिए ।

खाली खुट्टा पैदल यात्रा गरेका बस्नेतले पशुपति मन्दिरमा यात्रा विसर्जन गर्दै भने-‘मेरो पैदल यात्रा संघीयता खारेजी र हिन्दू राष्ट्र कायम गराउन लक्षित थियो ।’

शुभचिन्तक,आफन्त,साथिभाई सहित हिन्दू धर्ममा विश्वास गर्नेहरुले पैदल यात्रु बस्नेतलाई पशुपति मन्दिर परिसरमा एक कार्यक्रम गर्दै स्वागत गरेका थिए ।

नेपाली कांग्रेस तुल्सिपुर उप-महानगरपालिका कमिटिका सह-सचिव समेत रहेका बस्नेत युवाहरुमाझ चिरपरिचित कांग्रेस अनुहार हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x