६ मंसिर २०८१, बिहीबार

असममा ईसाई धर्मको प्रचार गरिरहेका दुई अमेरिकी नागरिक 500 डलरको जरीमानामा रिहा

एसीपी संवाददाता

२५ माघ २०८०, बिहीबार १०:२४ मा प्रकाशित

असमको शोणितपुर जिल्ला मुख्यालय तेजपुर शहरमा प्रलोभन देखाएर ईसाई धर्मको प्रचार गर्ने दुई अमेरिकी नागरिकहरूलाई 500 अमेरिकी डलरको जरीवाना लगाएर आइतवार रिहा गरिएको छ।

पर्यटक भीजामा आएका यी दुई अमेरिकीहरूलाई धर्म प्रचारका गतिविधिहरूमा सामेल रहेको आरोपमा गत 3 फरवरीमा हिरासतमा लिइएको थियो।

पुलिस अनुसार अमेरिकी नागरिक जोन म्याथ्यू बोन र माइकल जेम्स फ्लिन्चमले ई-पासपोर्टमा भारतमा प्रवेश गरे, तर यहाँ धार्मिक कार्यमा संगलग्न भए। उनीहरूमाथि पर्यटक भिजामा आएर धर्म प्रचारका गतिविधिहरूमा सामेल भएको आरोप छ। असममा प्रलोभन दिएर ईसाई धर्मका प्रचार गरिरहेका दुवै अमेरिकी नागरिकलाई एक गोप्य सूचनाको आधारमा शोणितपुर पुलिसले तेजपुरको ब्यापटिस्ट क्रिश्चियन अस्पतालबाट गएको शनिवार समातेको थियो। उनीहरूविरूद्ध तेजपुरको कछारीगाउँ थानामा एक मामिला (जीडीई 03/24) दर्ता गरियो जसमा उनीहरूमाथि चर्च संगठनद्वारा आयोजित धार्मिक कार्यक्रममा भाग लिएको अनि भाषण दिएर भिजा नियमहरूको उल्लंघन गरेको आरोप लगाइएको छ।

पुलिसले हिरासतमा लिइएका यी दुवै अमेरिकीलाई रिहा गर्नअघि 500 अमेरिकी डलर (भारतीय मुद्रामा 41,486 रुपियाँ)- को जरीवाना गरिएको छ। अधिकारीहरूले घटनाको सम्बन्धमा भारतीय विदेश मन्त्रालयलाई जानकारी दिनका साथै दुवै व्यक्तिहरूलाई धार्मिक कार्यक्रममा सामेल नहुने चेतावनी जारी गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x