१७ श्रावण २०८३, आईतवार

भारतले घटायो घरेलु ग्यास सिलिन्डरको भाउ, मोदी भन्छन् –करोडौँ परिवारको आर्थिक बोझ कम

एसीपी संवाददाता

२७ फाल्गुन २०८०, आईतवार ०९:३८ मा प्रकाशित

भारत सरकारले घरेलु ग्यास सिलिन्डरको भाउ घटाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १४.२ किलोग्रामको सिलिन्डरको भाउ भारु १०० रुपैयाँ घटाएको घोषणा गरेका हुन् ।

भाउ घटेसँगै दिल्लीमा भारु ८०३, मुम्बईमा ८०२.५, भोपालमा ८०८, कोलकातामा ८२०, जयपुरमा ८०६ र पटनामा ९०१ रुपैयाँमा सिलिन्डर पाइने छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारत सरकारले सिलिन्डरको भाउ घटाएको हो ।

भाट घटाएसँगै प्रधानमन्त्री मोदीले भने, ‘यसले नारी शक्तिको जीवन सहज हुनुका साथै करोडौँ परिवारको आर्थिक बोझ पनि कम हुनेछ । यो कदमले पर्यावरण संरक्षणमा पनि मद्धत गर्नेछ । पूरै परिवारको स्वास्थ्य पनि राम्रो हुनेछ ।’

यसअघि भारत सरकारले रक्षाबन्धनको अवसरमा घरेलु ग्यासको भाउ २०० रुपैयाँ घटाएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x