१७ श्रावण २०८३, आईतवार

‘चीनको औद्योगिक अनुदानले विश्व अर्थतन्त्रलाई जोखिम’

एसीपी संवाददाता

२४ चैत्र २०८०, शनिबार ०९:०८ मा प्रकाशित

चीनले उद्योगका लागि दिएको अनुदानले विश्वव्यापी आर्थिक लचिलोपनका लागि खतरा निम्त्याउन सक्ने चेतावनी चीन भ्रमणका क्रममा रहेका अमेरिकी ट्रेजरी प्रमुख जेनेट येलेनले बताएकी छिन्। एक वर्षभन्दा कम समयको अन्तरालमा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको भ्रमणका क्रममा चिनियाँ अधिकारीसँग भेट्ने क्रममा येलेन बिहीबार ग्वाङझाओ आइपुगेकी छिन्।

‘चीनको अत्यधिक निर्यात क्षमता र उद्योगमा यसले दिएको ठूलो अनुदानले विश्व बजारमा आर्थिक समस्या ल्याउने वस्तुहरूको अधिकता सिर्जना गर्ने जोखिम निम्त्याउँछ र यसले अमेरिकी र अन्य देशका फर्महरूलाई कमजोर पार्छ,’ उनले भनिन्, ‘चीनको घरेलु मागभन्दा उल्लेखनीय रूपमा बढी छ। विश्वबजारले के सहन सक्छ भन्नेमा जिम्मेवार मुलुकले सोच्नुपर्छ। चीनको प्रत्यक्ष र अप्रत्यक्ष सरकारी सहयोगले हाल अत्यधिक उत्पादन क्षमतातर्फ डोर्‍याइरहेको छ।’

उनले थपिन्, ‘क्षमताभन्दा बढी उत्पादनका कारण ठूलो परिमाणमा निर्यात हुन सक्छ र यसले आपूर्ति शृंखलाको अतिकेन्द्रीकरण गर्न सक्छ, जसले विश्वव्यापी आर्थिक लचिलोपनका लागि जोखिम निम्त्याउन सक्छ।’

चीनको सुधार र विकासको प्रतीक मानिने ग्वाङझाओ र चीनको आर्थिक वृद्धिलाई गति दिएको ग्वाङझाओका गभर्नरसँगको भेटमा येलेनले अमेरिका ‘स्वस्थ आर्थिक सम्बन्ध’को लागि प्रतिबद्ध रहेको जिकिर गरिन्।

तर, यसका लागि अमेरिकी कामदार र फर्महरूका लागि समान खेलमैदानको आवश्यकता पर्दछ अर्थात् चीनमा अमेरिकी लगानीलाई प्रोत्साहन गर्न समानताका आधारमा व्यवहार गर्नुपर्ने र असहमत भएका क्षेत्रहरूमा खुला र प्रत्यक्ष सञ्चारको आवश्यकता हुनुपर्छ,’ उनले भनिन्, ‘यसमा संयुक्त राज्य अमेरिका र अन्य देशहरू चिन्तित बनाएको चीनको औद्योगिक क्षमताको मुद्दा पनि समावेश छ। यसले विश्वव्यापी ‘समस्या’लाई निम्त्याउन सक्छ।’

बेइजिङले उद्योगका लागि आफ्नो विशाल राज्य समर्थनबारे चिन्तालाई अस्वीकार गरेको छ। गत महिना इभीको लागि यसको सब्सिडीमा इयूको जाँचलाई ‘संरक्षणवाद’ र अन्तर्राष्ट्रिय व्यापारको राजनीतीकरण गर्ने पश्चिमी प्रयासको एक भागको रूपमा निन्दा गरेको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले स्वच्छ ऊर्जामा घरेलु उत्पादनलाई बढावा दिन जोड दिइरहेका वेला निर्यातको बाढीबारे वासिङ्टनको चिन्ता आएको हो। चीनको अतिरिक्त क्षमताले ती उद्योगहरूको वृद्धिलाई हानि पुर्‍याउन सक्ने नीति निर्माताहरूले चेतावनी दिएका छन्।

अलब्राइट स्टोनब्रिज ग्रुपका चीनका लागि साझेदार पल ट्रियोलोले भने, ‘विशेषगरी निर्वाचन वर्षमा बाइडेन प्रशासन चीन र विद्युतीय सवारीसाधनबारे अमेरिकी अटो उद्योगको चिन्ताप्रति धेरै संवेदनशील देखिएको छ।’

उनले एएफपीसँगको कुराकानीमा भने, ‘सम्भवतः प्रशासनले विद्युतीय सवारीसाधनमा चीनको अत्यधिक क्षमताका कारण भविष्यमा उत्पन्न हुने समस्यालाई रोक्नका लागि पूर्वतयारीका साथ काम गर्न इच्छुक छ भन्ने देखाउन केही कदम चाल्नेछ।’

अमेरिकी कार उत्पादन कम्पनीमा यसको असर अझै नदेखिएको, तर चीन नीतिले नराम्रो असर दिने चेतावनी उनले दिएका छन्।नयाँपत्रीका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x