नेपालमा भारतिय साहित्यकार सम्मानित , होली विशेष अन्तर्राष्ट्रिय बहुभाषिक काव्योत्सव सम्पन्न
बिकास खडका , रिसब सिंह वाडिया = आज नेपालगन्ज साहित्य कार्यक्रम सम्पन्न भएको छ । शनिवार बिदाका दिन नेपालगंज उद्योग व्यापार संघको सभा हलमा जनजाति कल्याण आश्रम नेपाल लुम्बिनी प्रदेश, नेपालगंज, बाँके द्वारा आयोजित होली विशेष अन्तर्राष्ट्रिय बहुभाषिक काव्योत्सव सम्पन्न भएको हो ।
जनजाति कल्याण आश्रम नेपाल जिल्ला बाँके, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णा देवी पाण्डेयको अध्यक्षता र प्रमुख अतिथि राम सुरेश यादव इकाई प्रमुख (शिक्षा विकास तथा समन्वय इकाई बाँके) कार्यक्रम विशिष्ट अतिथि रूपमा मधई सिंह जिल्ला अध्यक्ष विश्व हिन्दु परिषद् नेपाल बाँकेको रहनु भएको थियोे यस्तै जनजाति कल्याण आश्रम नेपाल लुम्बिनी प्रदेश, नेपालगंज, बाँकेको केन्द्र सदस्य दीपिका थापाको पनि उपस्थित रहेको थियोे । नेपाल र भारतका साहित्यकारले आ आफ्नो रचना समेत बाचन गरेका थिए । भारत बाट आएका सिनियर साहित्यकारहरुको सम्मान समेत गरिएको हो । कार्यक्रम भारतका उत्तर प्रदेश लखनउ र बाराबन्कीकाहरु १.) डॉ० अम्बरीष ‘अम्बर’ से. नि. प्रधानाचार्य (राजकीय ) २.) अजय ‘प्रधान’ ३.) नागेन्द्र प्रताप सिंह रामनगर बाराबंकी ४.) कवि ओपी वर्मा ५.) ओम, दीन दयाल नगर, बाराबंकी। उत्तर प्रदेश, भारत ६.) प्रदीप सारंग लगाएत वरिष्ठतम् साहित्यकारहरु उपस्थिति रहेको थियोे । नेपालगन्ज बाट अवधी सास्कृतिक प्रतिस्ठान पुर्ब अध्यक्ष बिष्णु लाल कुमाल आफ्नो कबिता बाचन गर्नु भएको थियोे । उपस्थित पत्रकारलाई सहभागीताको लागि प्रमाणपत्र पर्दान गरिएको थियोे ।



