३१ भाद्र २०८३, बुधबार

८६ बर्षिया ज्योती कोईरालाको स्वरमा लोपोन्मुख गितहरुको संग्रह

एसीपी संवाददाता

२० बैशाख २०८१, बिहीबार ०७:२७ मा प्रकाशित

काठमाण्डौं । ८६ बर्षिया ज्योती कोईरालाको ज्योतीको सङ्गालो गिति संग्रह विमोचन गरिएको छ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले बुधबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममाझ उक्त गिति संग्रहको विमोचन गर्नुभएको हो ।

सोही अवसर माझ ज्योती कोईराला र उहाँका श्रीमान ठाकुर प्रसाद कोईरालाले भतिज डा भगवान कोईरालाको अध्यक्षतामा निर्माणाधीन काठमाण्डौ इन्स्टिच्युट अफ चाईल्ड हेल्थ नामक गैर नाफामुलक बाल अस्पतालको निर्माणका लागी पच्चिस लाख सहयोग स्वरुप प्रदान गर्नुभयो ।

सो अवसरमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले उमेरलाई सिर्जनाले छेक्दैन भन्ने ज्वलन्त उदाहरणका रुपमा ज्योती कोईरालालाई लिन सकिने बताउनुहुँदै स्वास्थ्य शरीरले नै नयाँ चिन्तन र सिर्जना गर्ने मौका मिल्ने जनाउनुभयो । कार्यक्रममाझ सर्जक ज्योती कोईरालाले गित र सोको भाव बारे प्रष्ट पार्नुहुदै ७ दशक अघीको परिवेशलाई यसमा समेटिएको बताउनुभयो ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्नुहुँदै सर्जकका पति एवम विमोचन कार्यक्रमका सभापति ठाकुर प्रसाद कोईरालाले ज्योती कोईरालाले विहान बेलुका गुनगुनाउने गरेको पाएको र सो बारे कौतुहलता जागेर बुझ्दा लोपोन्मुख रहेको पाएकाले यसलाई औपचारिकता दिदै गिति संग्रह निकालिएको बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x