१३ असार २०८३, शनिबार

एमाले र कांग्रेस मिलेर सरकार चलाउने समय घर्किसक्यो : भट्टराई

एसीपी संवाददाता

२२ बैशाख २०८१, शनिबार २०:५६ मा प्रकाशित

ताप्लेजुङ —नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकार कहिलेसम्म जान्छ भनेर यकिन गर्न नसकिने बताएका छन् । नेकपा एमाले ताप्लेजुङको १२ औं जिल्ला अधिबेशनको सिलसिलामा गृह जिल्ला ताप्लेजुङ आएका भट्टराईले शनिवार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

‘२०८४ को निर्वाचनसम्म गठबन्धन कायम राखेर जाऔँ भन्ने सहमति भएको छ र एमाले त्यसैको पक्षमा छ, तर अहिलेको संसद्को गणितको हिसाबले यो सरकार कहिलेसम्म जान्छ ठ्याक्कै भन्न सकिदैन,’ उनले भने ।

माधव नेपालप्रति लक्षित गर्दै भट्टराईले एमाले, माओवादी, रास्वपा र जसपाका नेताले बसेर गरेको सहमतिमा अन्य कतिपय नेताले घच्याक घुचुक गर्न खोजेको बताए । कतिपयले एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने आशय ब्यक्त गरिरहेको भएपनि त्यो समय घर्किसकेको उनको दाबी छ । ‘हाम्रा अध्यक्ष (केपी शर्मा ओली) ले कांग्रेसलाई धारा ७६ (२) अनुसार सरकार बनाऔँ हामी समर्थन गर्छौ भनेकै हो, तर देउवाले ७६ (३) अनुसारको बनाउन खोज्नु भयो हामीले त्यो दिएनौं,’ उनले भने ।

इलाम र बझाङको निर्वाचनले संसदीय गणितमा फरक नपारेपनि मुलुकको मुख्य प्रतिष्पर्धी दल कांग्रेस र एमाले नै भएको प्रष्ट सन्देश दिएको उनले बताए । ‘मास फ्रष्टेसनको रुपमा कुनैबेला कुनै परिणाम आउन सक्छ, तर त्यो दिगो र टिकाउ हुदैन । यसअघि नयाँ दलले ल्याएको परिणाम पनि त्यही हो, यो बिश्वभरिनै हुन्छ, तर दिर्घ जीवन हुॅदैन, त्यही भएको छ । जनताहरु फेरि पुरानै लयमा फर्कन्छन् र फर्किएका छन्,’ भट्टराईले भने । ईकान्तिपुर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x