६ मंसिर २०८१, बिहीबार
मिडियालाई तर्साउन गठबन्धन सरकारले सिरोहियालाई पक्राउ गरेपछि कांग्रेस सभापति देउवाको प्रतिवाद
काठमाडौं। मिडियालाई तर्साउन वाम गठबन्धन सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेपछि सर्बत्र विरोध भएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम भनेका छन्।
सभापति देउवाले सामाजिक सञ्जालमा लेख्दै मिडियालाई तर्साउने उद्देश्यसहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक रहेको बताए।
मंगलबार साँझ प्रहरीले सिरोहियालाई कान्तिपुरको केन्द्रीय कार्यालयबाटै पक्रेको थियो।
Subscribe
Login
0 Comments