२१ बैशाख २०८३, सोमबार
धार्मिक अभियन्ता पुष्कर खतिवडा काठमाडौं प्रहरीद्वारा पक्राउ
काठमाडौं– नेपालका राजनीतिक दलका ‘सबै नेता मरुन्’ भनी कामना तथा प्रचार गरेका धार्मिक अभियन्ताका नाममा चिनिने पुष्कर खतिवडालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले खतिवडालाई मण्डिखाटारबाट पक्राउ गरेको हो। नेताको अशुभ चाहना राखेको प्रचार गरेको कारण बताइएको छ।
खतिवडा यसअघि कोरोनाकालमा पनि पक्राउ गरिएका थिए। उनले कोरोना भाइरस निको बनाउने औषधि बनाएको दाबी गर्दै बिक्रि गरेका कारण पक्राउ गरिएको थियो।
उनी हिन्दू धर्मको प्रचारक पनि हुन्।
Subscribe
Login
0 Comments



