अमेरिकामा हुने संगीत प्रस्तुतिमा संगीतकारलाई सहभागी हुने अवसर
नेपाली संगीतकारका लागि अमेरिका हुने संगीत समारोहमा सहभागिता जनाउने अवसर दिएको छ । नेपाल स्थित रहेको अमेरिकि दूतावासले भनेको छ के तपाईं १९ देखि ३५ वर्ष उमेरको नेपाली सङ्गीतकार हुनुहुन्छ ? के तपाईं स्थानीय सङ्गीतकारहरूसँग सहकार्य गर्न, सामुदायिक संस्थाहरूसँग कार्यशाला सञ्चालन गर्न र अमेरिकामा मौलिक सङ्गीत लेख्न, उत्पादन गर्न र प्रदर्शन गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने OneBeat कार्यक्रमका लागि आवेदन दिनु हुने अनुरोध गरेको छ।
OneBeat अमेरिकी विदेश मन्त्रालयको शिक्षा र सांस्कृतिक मामिला ब्यूरो द्वारा प्रायोजित र Found Sound Nation द्वारा निर्मित अमेरिकामा एक महिनाभरीको सङ्गीत आदान-प्रदान कार्यक्रम हो। OneBeat सबै प्रकारका सङ्गीतकारहरूको लागि खुला छ र यस कार्यक्रमले ५४ योग्य देश र क्षेत्रका २५ कलाकारहरू खोज अभियान शुरु गरेको जनाएको छ।
OneBeat फेलोको रूपमा तपाईंहरूले विभिन्न संस्कृतिहरूलाई जोड्न, विविध विधाहरूमा खोज गर्न र सामाजिक मुद्दाहरूको वकालत गर्न संगीतको प्रयोग गर्नुहुनेछ।२०८१ भदौ २१ अघि नै आवेदन दिनु समय निर्धारण गरेको छ। 


