६ मंसिर २०८१, बिहीबार

आइसीसीमा भारतीय नेतृत्वः अध्यक्ष पदमा जय शाह निर्वाचित

एसीपी संवाददाता

१२ भाद्र २०८१, बुधबार ०९:२० मा प्रकाशित

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् ।

आइसीसीको स्वतन्त्र अध्यक्ष पदमा आज जय शाहले मात्र मनोनयन दर्ता गरेपछि उनी निर्बिरोध अध्यक्षमा निर्वाचित भएका हुन् । वर्तमान अध्यक्ष ग्रेग बार्क्लेले आफ्नो तेस्रो कार्यकालका लागि अध्यक्ष नबन्ने बताएपछि उनको कार्यकाल आउदो नोभेम्बरसम्मका लागि मात्र थियो ।

अब जय शाहले डिसेम्बर १ देखि अध्यक्षको कार्यकाल सम्हाल्ने छन् । अध्यक्षमा निर्वाचित भएपछि शाहले क्रिकेटलाई अझ बढी लोकप्रिय बनाउन काम गर्ने बताएका छन् ।

शाहको कार्यकाल दुई बर्षको हुने छ भने उनी तीन पटकसम्म अध्यक्ष हुन पाउने नियम रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x