६ मंसिर २०८१, बिहीबार

टिकटक आलोचना गरिएका सामग्री लुकाउने गरेको खुलासा

एसीपी संवाददाता

१९ भाद्र २०८१, बुधबार ११:२३ मा प्रकाशित

काठमाडौं– अमेरिकी शोधकर्ताले गरेको अनुसन्धानका क्रममा टिकटकले आलोचना गरिएका कन्टेन्टको पहुँच सीमित पार्ने गरेको पाइएको छ ।

अमेरिकाको रुटगर्स विश्वविद्यालय र नेटवर्क कन्टेजन रिसर्च इन्स्टिच्युटले गरेको संयुक्त अनुसन्धानमा चिनियाँ सामाजिक सञ्जाल टिकटकले कम्युनिष्ट पार्टीको आलोचना गरिएका सामग्री लुकाउने गरेको पाइएको हो ।

उक्त अनुसन्धानका क्रममा टिकटकको अल्गोरिदमले चिनियाँ कम्युनिष्ट पार्टीको आलोचना गरिएका सामग्री लुकाउने गरेको र पार्टीको पक्षमा पोस्ट गरिएका सामग्री भने अझ बढावा दिने गरेको खुलेको हो ।

टिकटकले ट्राभल इन्फ्लुएन्सर, लाइफस्टाइल अकाउन्टजस्ता क्रिएटरका माध्यमबाट मानवअधिकार उल्लङ्घन, जातीय नरसंहारजस्ता मुद्दालाई दबाउने गरेको उक्त शोधमा जनाइएको छ ।

पछिल्लो समय टिकटकका कारण राष्ट्रिय सुरक्षामा चुनौति थपिएको चर्चाबीच पछिल्लो प्रतिवेदन सार्वजनिक भएको हो । खबरहब

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x