६ कार्तिक २०८१, मंगलवार

पुर्ब गृहमन्त्री लामिछाने माथी कस्तो संकट ?

एसीपी संवाददाता

३० आश्विन २०८१, बुधबार ११:२७ मा प्रकाशित

काठमाडौं– नेपालीमा उखान छ– बनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ। ठ्याक्कै त्यस्तै उखानको पारामा हुंकार छाडिरहेका थिए रास्वपा सभापति रवि लामिछाने।

उनले चितवनलगायतका ठाउँमा पुगी भनेका थिए,‘सहकारी प्रकरणमा दशैंपछि मलाई पक्राउ गर्ने तयारी छ।’

सहकारी ठगी छानबिन समितिको प्रतिवेदनले उनले सिधा रकम प्रयोग नगरे पनि गोरखा मिडियामार्फत खर्च गरेका कारण पक्राउ गरी कारबाहीका लागि सिफारिस गरेको थियो।

एक पूर्वआईजी क्यानडा नेपाललाई भन्छन्,‘छानबिन समितिको सिफारिसको कुरा होइन, सम्बन्धित जिल्लाका सहकारीमा उनीविरुद्ध उजुरी परेको भए पक्राउ गरी अनुसन्धानको दायरामा उहिले ल्याउने विषय हो।’

यो स्वभाविक प्रक्रिया रहेको ति पूर्वआईजीको तर्क छ। ‘रकम जम्मा गरेको आधारमा रोशनी गुरुङ भन्ने पक्राउ गरी अनुसन्धानको दायरामा तानिएको थियो। त्यसरी नै लामिछानेको नाम पनि भौचरमा भएका कारण पक्राउ गरी अनुसन्धानमा लैजानलाई के गाह्रो भयो र?’

तर लामिछानेको हकमा भने शक्तिको दुरुपयोग भएको पनि कतिपय मान्छन्। ‘यो केश यसै पनि विवादीत बन्यो। प्रहरीका आईजीपी नै राज्य व्यवस्था समितिमा पुगेर रवि लामिछानेको संलग्नता छैन भन्ने जवाफ दिन्छन्। यसले संगठनका अरु युनिटलाई काम गर्न कठिन हुन्छ’, उच्च स्रोतले भन्यो,‘आईजीपी त्यसरी जवाफ दिँदै हिँड्ने हैन, कानुनसम्मत लामिछानेलाई पक्राउ गरी अनुसन्धानमा तान्न सक्नुपर्छ।’

नेपालमा विभिन्न प्रकरणमा बहालवाला सभामुखदेखि गृहमन्त्रीका भाईसम्म पक्राउ गरिएका उदाहरण छन्। सभामुख पदमा आसिन रहेका बेला कृष्णबहादुर महरालाई पक्राउ गरिएको थियो भने गृहमन्त्री रहेका रामबहादुर थापा बादलका भाई पनि पदमा आसिन रहेका बेला नै पक्राउ गरिएको थियो।

‘दुनियाँलाई पक्राउ गर्दा ठूला माछा भनी तर्क गर्ने अनि अहिले आफ्नो पालो आउँदाचाहिँ कार्यकर्ता गुहारेर हल्ला पिट्ने काम राम्रो होइन, त्यो अराजनीतिक प्रवृत्ति रवि लामिछानेले देखाए’, उच्च स्रोतले भन्यो,‘सहकारी प्रकरणको फाइलमा प्रहरीले अनुसन्धान गरिरहेको छ, आवश्यक परेको खण्डमा पक्राउ नगर्ने भन्ने कुरा नै हुँदैन।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x